नेपालको पश्चिम,मध्य क्षेत्रका केहि स्थान र पुर्वका एक वा दुई स्थानमा भारी वर्षा हुन सक्ने  

काठमाडौं । मौसमपुर्वानुमान महाशाखाले जनाए अनुसार मनसुन न्युन चापिय रेखा (Axis of Monsoon Trough) नेपालको तराई भू-भागमा अवस्थित छ ।  जसको गर्दा मनसुनि गतिविधि देशभर सक्रिय (Active) रहेको छ ।

हाल देशको मध्य तथा पूर्वी भू-भागमा सामान्य देखि पुर्णतया वदली रहेको छ भने पश्चिमी भू-भागमा आंशिक देखि सामान्य वदली रहेको छ । पश्चिमी भूभागका तथा मध्य भू-भागका केहि स्थानहरु तथा पूर्वी भू-भागका धेरै स्थानहरुमा मनसुनी वर्षा भैरहेको छ ।

देशभर सामान्य देखि पूर्णतया वदलि रही देशका धेरै स्थानहरूमा वर्षा हुने सम्भावना छ। देशको पश्चिम तथा मध्य क्षेत्रका थोरै स्थानमा र पूर्वका एक वा दुई स्थानमा भारी वर्षा (Heavy rainfall) हुने सम्भावना रहेको छ

पश्चिम क्षेत्रका थोरै स्थानहरुमा भारी वर्षाको (Heavy rainfall) सम्भावना छ । यसको कारणले गर्दा देशको पहाडी भू-भागमा पहिरो जान सक्ने तथा तराइमा वहने नदीहरुमा जलको वहाव र स्तर हल्का बढ्न सक्ने सम्भावना रहेको देखिन्छव । साथै, हवाई तथा सडक यातायातमा समेत वर्षा र कम भिजिविलिटिका कारण सामान्य अवरोध आउने सक्ने  मौसमपुर्बानुमान महाशाखाले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार