संघीय प्रतिनिधिसभाको बैठक बस्दै, बिनियोजन बिधेयक माथिको छलफल जारी

काठमाडौं । प्रतिनिधि सभा, २०७९ चौथो अधिवेशन बिहान ११:०० बजे बस्दैछ । आजको बैठकमा विनियोजन विधेयकमाथिको छलफल हुनेछ ।

आजको संसद बैठकमा माननीय प्रेम सुवालले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने । माननीय डा० अमरेश कुमार सिंहले “विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय, रक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसुचि रहेको छ ।

त्यसैगरी अजय कुमार चौरसियाले “विनियोजन विधेयक, २०८१ अर्न्तगत सहरी विकास मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नुहुने । माननीय राजेन्द्र कुमार के.सी. ले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत रक्षा मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

माननीय सुरेन्द्र राज आचार्यले “विनियोजन विधेयक, २०८१ अर्न्तगत महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

माननीय जिवन परियारले “ विनियोजन विधेयक, २०८१ अर्न्तगत कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्” भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने  संम्भाबित कार्यसुची रहेको छ

संघिय प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत आज सहरी विकास, रक्षा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय माथिको छलफल हुने संसद सचिबालयले जनाएको छ  ।

संम्भाबित कार्यसुची

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार