बाइकर्स जात्रा अगस्टको चौथो हप्ता आयोजना हुने

काठमाडौं । हजारौँ मोटरसाइकलिस्ट सहभागी रहने बाइकर्स जात्रा (मोटरसाइकलिङ्ग कार्निभल) २०२४ अगस्ट २४ गते गोदावरी भिलेज रिसोर्टमा आयोजना हुने भएको छ।

सन् २०१७ मा स्थापित बाइकाहोलिक (Bikeaholic) ले द हिमालयन टाइम्ससंगको सह-आयोजनामा उक्त कार्निभल ओयजना गर्न लागेको हो । बाइकाहोलिक मूलतः बाइक एण्ड कफि र कार एण्ड कफि जस्ता इभेन्टको लागि चर्चित छ ।

सोही सन्दर्भ जोड्दै बाइकाहोलिक नेपालको प्रसिद्ध अङ्ग्रेजी दैनिक द हिमालयन टाइम्ससंगको सहकार्यले नेपाली मोटरसाइकल क्षेत्रकै एउटा अनौठो रोमञ्चकारी तथा लोकप्रिय इभेन्ट लिएर उपस्थित भएको हो । अगस्टमा हुने बाइकर्स जात्रा (Motorcycle Carnival) नेपाली अटोमोबाइल, मोटरसाइकल, पर्यटन तथा स्पोर्ट क्षेत्रकै मेघा र माइलस्टोनिक इभेन्ट बनाउने प्रयत्न हुनेछ ।

जसमा मोटरसाइकल परेड, लाइभ म्युजिक पर्फमेन्स, डिजे स्टल, मोटरसाइकल सम्बन्धी खेलहरू, क्याम्पिङ्ग, सेफ्टी राइडिङ आरिन्टेसन र अवार्ड तथा स्टोरीटेलिङ्गहरु रहनेछन् । मोटरसाइकलिङ सम्बन्धी स्टलहरू, प्रदर्शनी, प्रोडक्ट लञ्चीङ्ग लगायतका कार्य पनि जात्राका थप आकर्षण हुनेछन् ।

नेपाली मोटरसाइक्लिङ क्षेत्रको राष्ट्रिय संघ नेपाल अटोमोबाइल्स एसोसिएसन (नासा नेपाल) सँग आबद्ध यो कार्निभलको महत्वपूर्ण कार्यक्रम मोटरसाइकल सम्बन्धि राष्ट्रिय तहको पोलिसि डाइलग पनि हो । “Interaction on Motorcycling Safety & Sustainability” शिर्षकमा हुने सो कार्यक्रममा नेपाली मोटरसाइक्लिङ क्षेत्रकै महत्वपूर्ण व्यक्तित्वहरूको सहभागिता रहनेछ । जुन सत्रमा Two Wheel Touring in Nepal, Motorcycle Safety & Stainability र Women in Motorcycling जस्ता विषयहरुमा प्रस्तूती र छलफल हुनेछन् ।

यस कार्यक्रम
• मोटरसाइक्लिस्ट युवाहरुलाई साझा प्याटफर्म दिन,

• नीतिगत छलफल र योजनामा मोटरसाइकल जोड्न,

• नेपालको दिगो पर्यटन प्रवर्द्धनमा मोटरसाइकल बुझाउन,

• Two Wheel Touring को अवधारणा विकास गर्न,

• युवाहरूको साहस, सृजना र सकारात्मकता विकास गर्न,

• प्रोडक्टहरूको व्यवसायिक प्रमोसन र ब्राण्डीङ्ग गर्न,

• मोटरसाइकलसँग युवा र म्युजिकको संयोजन गर्न,

• इभेन्टमार्फत सडक दुर्घटना पिडितलाई सहयोग गर्न,

• स्टोरीटेलिङ्ग मार्फत आ- आफ्नो भावना, कला र क्षमता प्रस्तुत गर्ने विश्वास छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार