झण्डै १० अर्बले घट्यो वाणिज्य बैंकहरुको नाफा

काठमाडौं । घरजग्गा कारोबार सुस्ताए सँगै सरकारले लगानी गर्ने ठाउँको सुनिश्चता गर्न नसक्दा बैंक तथा वित्तीय संस्थामा तरलता (लगानीयोग्य) रकम बढ्दै गएको छ । अर्कोतर्फ सरकारको तीन खम्बे नीति अन्तर्गत रहेको सहकारीको बचत समेत जोखिममा पर्दा त्यसको असर बैंक तथा वित्तीय संस्थामा परेको छ । यसको असर वाणिज्य बैंकको मुनाफामा समेत परेको छ । राष्ट्र बैंकको अनुसार गत आर्थिक वर्षको वैशाख मसान्तको तुलनामा चालु आर्थिक वर्षको वैशाख मसान्तमा वाणिज्य बैंकहरुको मुनाफा १७ प्रतिशत अर्थात् ९ अर्ब ९८ अर्ब ३ करोड रुपैयाँले घटेको छ । गत आर्थिक वर्षको वैशाखमसान्तसम्ममा वाणिज्य बैंकहरुको नाफा ५८ अर्ब ५८ करोड ६९ लाख रुपैयाँ रहेकोमा चालु आर्थिक वर्षको वैशाखममसान्तसम्ममा ४८ अर्ब ६० करोड ६६ लाख रुपैयाँ रहेको छ ।
चालु आर्थिक वर्षको वैशाखमसान्तमा नेपाल बैंक लिमिटेडको ५९ करोड ३ लाख रुपैयाँ , राष्ट्रिय वाणिज्य बैंकको २ अर्ब ५६ करोड ३२ लाख रुपैयाँ, नबिल बैंकको ५ अर्ब ४६ करोड २५ लाख रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ७७ करोड १० लाख रुपैयाँ, स्र्टान्र्डड चार्टर बैंकको २ अर्ब ६६ करोड ५८ लाख रुपैयाँ, हिमालय बैंकको २ अर्ब २२ करोड ८९ लाख रुपैयाँ, नेपाल एसबीआइ बैंकको १ अर्ब ४२ करोड २९ लाख रुपैयाँ, एभरेष्ट बैंकको २ अर्ब ९८ करोड ३ लाख रुपैयाँ, एनआइसी एसिया बैंकको २ अर्ब १६ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ ।
त्यस्तै, चालु आर्थिक वर्षको वैशाखमसान्तमा माछापुच्छ«े बैंकको १ अर्ब १० करोड ६२ लाख रुपैयाँ, कुमारी बैंकको १ अर्ब ४२ करोड ९२ लाख रुपैयाँ, लक्ष्मी बैंकको १ अर्ब ९५ करोड ६९ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ, कृषि विकास बैंकको २ अर्ब ६९ करोड ७८ लाख रुपैयाँ , ग्लोबल आइएमइ बैंकको ४ अर्ब १२ करोड २९ लाख रुपैयाँ, सिटिजनस बैंक इन्टरनेशनलेको १ अर्ब ५० करोड ३२ लाख रुपैयाँ, प्राइम कर्मसियल बैंकको ३ अर्ब २२ करोड ५७ लाख रुपैयाँ, एनएमबी बैंकको २ अर्ब ४८ करोड ७३ लाख रुपैयाँ, प्रभु बैंकको २ अर्ब ५० करोड ४६ लाख रुपैयाँ र सानिमा बैंकको १ अर्ब ७४ करोड ६४ लाख रुपैयाँ रहेको छ ।

गत आर्थिक वर्षको वैशाखमसान्तमा नेपाल बैंक लिमिटेडको २ अर्ब ४६ करोड १६ लाख रुपैयाँ , राष्ट्रिय वाणिज्य बैंकको ४ अर्ब ५ करोड ५० लाख रुपैयाँ, नबिल बैंकको ६ अर्ब १२ करोड ४ लाख रुपैयाँ , नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको ३ अर्ब ८९ करोड ७२ लाख रुपैयाँ, स्र्टान्र्डड चार्टर बैंकको २ अर्ब ७८ करोड ६१ लाख रुपैयाँ, हिमालय बैंकको २ अर्ब ६४ करोड १७ लाख रुपैयाँ, नेपाल एसबीआइ बैंकको २ अर्ब ६५ लाख रुपैयाँ, एभरेष्ट बैंकको २ अर्ब ७५ करोड ८६ लाख रुपैयाँ, एनआइसी एसिया बैंकको ४ अर्ब ३९ करोड २७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
त्यस्तै, गत आर्थिक वर्षको वैशाखमसान्तमा माछापुच्छ«े बैंकको १ अर्ब ५६ करोड ३८ लाख रुपैयाँ, कुमारी बैंकको १ अर्ब ८१ करोड ६ लाख रुपैयाँ, लक्ष्मी बैंकको १ अर्ब ४६ करोड २७ लाख रुपैयाँ, सिद्धार्थ बैंकको १ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ, कृषि विकास बैंकको १ अर्ब २२ करोड २६ लाख रुपैयाँ , ग्लोबल आइएमइ बैंकको ५ अर्ब ३४ करोड ११ लाख रुपैयाँ, सिटिजन्स बैंक इन्टरनेशनलेको १ अर्ब ४३ करोड ३ लाख रुपैयाँ, प्राइम कर्मसियल बैंकको २ अर्ब ७९ करोड ९६ लाख रुपैयाँ, एनएमबी बैंकको २ अर्ब ९६ करोड ५० लाख रुपैयाँ, प्रभु बैंकको २ अर्ब ३१ करोड २ लाख रुपैयाँ र सानिमा बैंकको १ अर्ब ९६ करोड ७३ लाख रुपैयाँ रहेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार