६ अंकले बढेको सेयर बजारमा कारोबार रकम बढ्यो, ६ अर्ब कारोबार

काठमाडौं ।  साताको चौथो दिन बुधबार सेयर बजार सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ६.३७ अंकले बढेर २ हजार १ सय २१.६२ विन्दुमा पुगेर बन्द भएको छ । बुधबार क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स १.६७ अंकले बढेर ३ सय ७४.९१ विन्दुमा पुगेको छ । मंगलबार ३३ अंकले बढेर बन्द भएको सेयर बजार बुधबार ०.३० प्रतिशतले बढेको हो ।

बुधबार ३ सय १२ वटा कम्पनीको १ करोड २९ लाख ५० हजार ४ सय ७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ८९ करोड ४० लाख ८९ हजार २ सय ४५ रुपैयाँ १३ पैसा रह्यो । कुल करोबार भने ७४ हजार ८ सय ५८ पटक भएको हो । बुधबार बजार पूँजीकरण रकम भने ३३ खर्ब ६४ अर्ब २६ करोड ६८ लाख ७८ हजार ७ सय ४८ रुपैयाँ ३ पैसा रह्यो ।

बुधबार १ सय १९ वटा कम्पनीको सेयर मुल्य बढ्दा १ सय १५ वटा कम्पनीको सेयर मूल्य घट्यो भने १३ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बुधबार ९ वटा  समूहको सेयर बढ्दा बाँकी ४ वटा समूहको सेयर घट्यो । बैकिङ ९.३१, विकास बैंक ४.५७, वित्त २३.८० , लगानी ०.०९, जीवन बीमा १८.११ , उत्पादन र प्रशोधन ४०.२५, लघुवित्त ४१.२७, म्युअुचल फण्ड ०.०६ र अन्य समूह ५.६० अंकले बढ्यो । होटल र पर्यटन ९.९२, जलविद्युत १६.३२, निर्जिवन बीमा ५३.२० र व्यापार १०.८४ अंकले घटेको हो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेड, सीइडीबी हाइड्रोपावर डेभल्पमेन्ट कम्पनी, ग्रीन लाइफ हाइड्रो, संस्था, माउन्टेन इनर्जी, सोनापुर मिनरल्स एण्ड ओयल लिमिटेड फाइनान्स रह्यो । एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेडको २७ करोड ६३ लाख रुपैयाँ , सीइडीबी हाइड्रोपावर डेभल्पमेन्ट कम्पनीको २४ करोड ४८ लाख रुपैयाँ, ग्रीन लाइफ हाइड्रोको १९ करोड ९५ लाख रुपैयाँ , माउन्टेन इनर्जीको १४ करोड ३० लाख रुपैयाँ र सोनापुर मिनरल्सको १४ करोड ३ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
बुधबार समृद्धि फाइनान्स कम्पनी, मीड सोलु हाइड्रो , साधना लघुवित्त वित्तीय संस्था, ग्रीनलाइफ हाइड्रोको सेयरमा सकारात्मक सर्किट लाग्दा र गणपति लुघवित्त वित्तीय संस्थाको सेयर मुल्य बढ्को छ । सयपत्र हाइड्रो, इष्र्टैन हाइड्रो, तेरथुम पावर कम्पनी, पोखारा फाइनान्स र ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्थाको सेयर घटेको छ ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार