कर्पोरेट डेभलपमेन्ट बैंकको साधारणसभा बस्दै

काठमाडौं । कर्पोरेट डेभलपमेन्ट बैंकले वार्षिक साधारणसभा आगामी असार १९ गते बुधबार वीरगञ्जस्थित कम्पनीको प्रधान कार्यालयमा बोलाएको छ । साधारणसभाले अन्य बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्नेरगाभिने वा प्राप्ति सम्बन्धी प्रक्रिया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ ।

यसैगरी, सभाले आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने छ ।  सभाले गत आर्थिक वर्षको वित्तीय विवरण स्वीकृतगर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

साधारणसभाको लागि  कम्पनीले असार १ गते बुकक्लोज हुने भएको छ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार