नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रको साँवा तथा ब्याज भुक्तानी लिन आग्रह

काठमाडौं । सार्वजनिक ऋण व्यवस्थापन कार्यालय त्रिपुरेश्वरले नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्र धनीलाई सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ र नियमावली, २०५० बमोजिम नेपाल सरकारको तर्फबाट नेपाल राष्ट्र बैंक मार्फत मिति २०८० चैत १ सम्म जारी भएका नागरिक बचत पत्र र वैदेशिक रोजगार बचत पत्रका कतिपय धनीले परिपक्व भएको साँवा तथा ब्याज भुक्तानी लिन नआएकोले बजार निर्माता ( बैंक तथा वित्तीय संस्था) सँग सम्पर्क गरि यथाशीघ्र भुक्तानी लिनु आउन अनुरोध गरेको छ  ।

कार्यलयले आज एक सुचना प्रकाशित गर्दै आन्तरिक ऋण पत्रको निष्कासन, हिसाब समायोजन र साँवा ब्याज भुक्तानीको कार्य यस कार्यालयबाट सञ्चालन हुँदै आएकोले ऋण पत्रको कारोबारलाई सहजीकरण गर्नको साथै साँवा ब्याज रकम धनीको बैंक खातामा परिपक्व भएकै मितिमा भुक्तानी गर्न धनीको बैंक खाता लगायतका व्यक्तिगत विवरणहरू अद्यावधिक गरी भौतिक प्रमाणपत्रलाई यस कार्यालयको प्रणालीमा डिजिटलाइज गर्ने भएकाले  कार्यालयबाट तयार गरिएको फाराम कार्यालयको वेबसाइट बाट डाउनलोड गरी सम्पुर्ण विवरण भरी  २०८१ आषाढ मसान्तसम्म बजार निर्माता (बैंक तथा वित्तीय संस्था) वा यस कार्यालयमा बुझाउन भनेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार