SKIP THIS

NCELL

युनाइटेड मेवाखोला हाइड्रोपावरले आइपिओ जारी गर्ने, प्रत्याभुतिकर्तामा नागरिक लगानी कोष नियुक्त

काठमाडौं । युनाइटेड मेवाखोला हाइड्रोपावरको सर्वसाधारणको लागि आइपीओ निष्काशन हुने भएको  छ । कम्पनीले आइपीओ निष्काशनको प्रत्याभुतिकर्ताको रुपमा नागरिक लगानी कोषलाई नियुक्त गरेको छ ।

शेयर प्रत्याभुति कार्य गर्ने सम्बन्धमा बुधबार आयोजित एक समारोहका बीच नागरिक लगानी कोषका तर्फबाट  कार्यकारी निर्देशक पर्वत कुमार कार्की र युनाईटेड मेवाखोला हाइड्रोपावरको तर्फबाट अध्यक्ष आषिश थापालले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् ।

कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १ अर्ब ६१ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ६१ लाख ७० हजार कित्ता आईपीओ निष्काशन गर्ने भएको हो ।

कम्पनीको साधारणसभालेआइपिओ जारी गर्ने प्रस्ताब पारित गर्नेछ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार