साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्था एकीकृत हुने पाए अन्तिम अनुमति

काठमाडौं ।साधना लघुवित्त वित्तीय संस्था र सबैको लघुवित्त वित्तीय संस्थाले नेपाल राष्ट्र बैंङ्कबाट   एकीकृत कारोबार गर्न अन्तिम स्वीकृति पाएका छन्। अन्तिम स्वीकृतिसँगै  कम्पनीले साधना लघुवित्त वित्तीय संस्थाको नामबाट एकीकृत कारोबार  गर्ने छन् ।

गोरखा जल्लामा रजिष्टर्ड कार्यालय रहेको साधना लघुवित्त वित्तीय संस्था  र  तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका १, डुम्रेमा रजिष्टर्ड कार्यालय रहेको सबैको लघुवित्त वित्तीय संस्था  बीच एकापसमा गाभ्ने तथा गाभिने (मर्जर) सन्दर्भमा नेपाल राष्ट्र बैंकले जेठ २९ गते“घ” वर्गको राष्ट्रियस्तर कार्यक्षेत्र भएको साधना लघुवित्त वित्तीय संस्थाको नामवाट कारोबार सञ्चालन गर्नेगरी अन्तिम स्वीकृति प्रदान गरेको  हो ।

दुई कम्पनीले  भदौ मा गाभ्ने गाभिने सम्झौता गरेका थिए ।  प्राप्ति पश्चात कम्पनीको चुक्तापूँजी ७० करोड ८ लाख ५८ हजार ३४५ रुपैँयाको हुनेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार