९ अंकले घटेको सेयर बजारमा उच्च कारोबार रकम ६ अर्ब

काठमाडौं । साताको अन्तिम दिन बिहीबार सेयर बजार ०.४३ प्रतिशतले घटेको छ । बिहीबार नेप्से परिसूचक ९.३२ अंकले घट्दा २ हजार १ सय १२.२९ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका मापन गर्ने सूचक सेन्सेटिभ इन्डेक्स ०.७२ अंकले घटेर ३ सय ७४.१८ विन्दुमा पुगेर बन्द भएको हो । बुधबार भने नेप्से परिसूचक ६.३७ अंकले बढेर २ हजार १ सय २१.६२ विन्दुमा पुगेर बन्द भएको थियो ।
बिहीबार ९४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४७ वटा कम्पनीको सेयर मूल्य घटेको थियो भने ५ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको थियो ।
बिहीबार ३ सय १३ वटा कम्पनीको १ करोड ४२ लाख ९४ हजार ७ सय १२ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ६ अर्ब ४४ करोड ३० लाख २९ हजार २ सय ८ रुपैयाँ ११ पैसा पुग्यो ।बजार पूँजीकरण भने ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख ६१ हजार २ सय ५६ रुपैयाँ रह्यो ।

बिहीबार समृद्धि फाइनान्स, कुथेली बुखारी हाइड्रो, साधना लघुवित्त वित्तीय संस्था, सप्तकोशी विकास बैंक र बाराही हाइड्रो लिमिटेडको सेयर सकारात्मक सर्किटमा रहे । भने मिड सोल हाइड्रोको नकारात्मक सर्किट लाग्दा भगवती हाइड्रो, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभल्पमेन्ट बैंक, कुमारी धनवृद्धि योजना र माहुली लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य घट्यो ।

बिहीबार सबैभन्दा कारोबार हुनेमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेड, समृद्धि फाइनान्स लिमिटेड, साधना लघुवित्त वित्तीय संस्था र सीइडीबी हाइड्रोपावर डेभल्पमेन्ट कम्पनी रह्यो ।
नेपाल फाइनान्सको २८ करोड ४७ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर र डेभ्लपमेन्ट लिमिटेडको २० करोड ५७ लाख रुपैयाँ, समृद्धि फाइनान्स लिमिटेडको १७ करोड ५६ लाख रुपैयाँ, साधना लघुवित्त वित्तीय संस्थाको १२ करोड ९९ लाख रुपैयाँ र सीइडीबी हाइड्रोपावर डेभल्पमेन्ट कम्पनीको १२ करोड ९१ लाख रुपैयाँ बराबरको कारोबार भयो ।
१३ वटा उप समूह मध्ये बिहीबार ११ वटा उप समूह सेयर घट्दा बाँकी २ वटा समूहको सेयर बढेको छ । जसमा विकास बैंक र फाइनान्स समूह रहेको छ ।
बैकिङ ४.८७, होटल र पर्यटन ८.४६, जलविद्युत १५.६९, जीवन बीमा ५२.८१, , उत्पादन र प्रशोधन ६९.२७, लघुवित्त १८.३६, म्युअुचल फण्ड ०.०२, निर्जिवन बीमा ८८.९६, व्यापार ३०.८४ र अन्य समूह १३.३२ अंकले घटेको छ । विकास बैंक ५३.७५ र वित्त ४५.४७ अंकले बढेको हो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार