मेड इन नेपाल हुण्डाई भेन्यु को विक्री वितरण सुरु

काठमाडौं । नेपालका लागि Hyundai Motor Company को आधिकारीक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले आफ्नो भगिनी संस्था लक्ष्मी मोटर कर्पोरेसन (LMC) बाट नेपालमा नै Hyundai Venue को व्यवसायिक उत्पादन गरी विक्री वितरण सुरु गरेको छ ।

लक्ष्मी मोटर कर्पोरेसन, नेपालमा लक्ष्मी ग्रुपको लगानी तथा Hyundai Motor Company सँगको प्राविधिक सहकार्यमा स्थापना भएको हो । लक्ष्मी मोटर कर्पोरेसनले पहिलो पटक नेपालमा Hyundai Venue मोडल उत्पादन गर्ने र यसको बनावट, गुणस्तर, पर्फमेन्स लगायतका गुणहरु Hyundai Motor Company, Korea jf India मा बन्ने सोही मोडलका गाडिहरु सरह कै हुने कम्पनीले दाबी गरेको छ ।

स्वदेशमा नै उत्पादन गरी देशको औद्योगिकरण, आयात प्रतिस्थापन, रोजगारी श्रृजना, आन्तरिक राजस्वमा वृद्धि, सिप तथा प्रविधि विकास, सहायक उद्योगको स्थापना, आन्तरिक श्रोत तथा विद्युतको खपत, कुल गृहश्थ उत्पादनमा योगदानका साथ साथै उपभोक्तालाई सहुलियत मूल्यमा सवारी साधन उपलब्ध गराउने उद्देश्य रहेको कम्पनीले बताएको छ ।

पहिलो चरणमा Hyundai Venue का दुई भेरिएन्ट उत्पादन गर्ने र क्रमशः केहि समय भित्र नै थप अरु भेरिएन्टहरुको उत्पादन पनि बढाउँदै जाने कम्पनीको योजना रहेको र यसै आर्थिक वर्षभित्र Hyundai Grand I10 NIOS का साथै all – new Hyundai Creta को उत्पादन पनि सुरु हुने जनाएको छ ।

हाल विक्री वितरण सुरु भएको Hyundai Venue को मूल्य निम्न अनुसार रहने छ ।

S.N. Model Capacity Fuel MRP
1 Venue FL 1.2 S 1197cc Petrol 4,496,000
2 Venue FL 1.2 SX 1197cc Petrol 5,356,000

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार