एनएमबि लघुवित्तको साधारणसभा हुँदै,यस्ता छन् एजेण्डा

काठमाडौं ।एनएमबि लघुवित्त वित्तीय संस्थाको  ११औं वार्षिक साधारणसभा असार २१ गते होटल बाराही पोखरा, कास्कीमा हुने भएको छ ।

साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७९ /८० को वित्तीय विवरण पारित गर्ने, लखापरीक्षकको प्रतिवेदन, असार मसान्तसम्मको हिसाब विवरण, नगद प्रवाह लगायतका वित्तीय विवरण पारित गर्ने प्रस्ताब रहेका छन् ।

साधारणसभाले केन्द्रीय कार्यालय रहने ठेगाना र संस्थापक तथा सर्वसाधारणतर्फको शेयर संरचना सम्बन्धी प्रबन्धपत्रका दफाहरु संशोधन गर्ने, मर्जर र प्राप्तिको निर्णय गर्ने अधिकार सञ्चालक समितिलाई दिने लगायतका विशेष प्रस्तावहरु पारित गर्नेछ ।

सभामा संस्थापक शेयरधनीहरुको तर्फबाट एक जना र सर्वसाधारण शेयरधनीहरुको तर्फबाट दुई जना सञ्चालकहरुको निर्वाचन गर्ने र स्वतन्त्र सञ्चालकको नियुक्ति तथा लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनार्थ कम्पनीको असार ७ गतेदेखि २१ गतेसम्म बुकक्लोज गर्ने जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार