CLI

सेबोनले नयाँ अध्यक्ष पाउँदै, आइतबार र सोमबार प्रस्तुतीकरण हुने

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्ने भएको छ। अर्थमन्त्रालयले सेबोनका अध्यक्षका लागि सर्ट लिस्टमा परेका उमेदवारहरुलाई फोन गरेर प्रस्तुतीकरण लागि तयारी अवस्थामा बस्नु भनेर जानकारी दिएसँगै लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढेको हो।

सेबोनको अध्यक्षका उमेदवार तथा सेबोनका निर्देशक डा. नवराज अधिकारीले अर्थमन्त्रालयले फोन गरेर आगामी हप्ताका लागि प्रस्तुतीकरण र अन्तर्वाता लागि तयारी रहनु भनेर जानकारी प्राप्त भएको इक्विटीनेपाललाई बताए।

उनका अनुसार सर्ट लिस्टमा परेका उमेदवारहरुलाई आइतबार र सोमबार प्रस्तुतीकरण तथा अन्तर्वाता लागि बोलाइएको छ।

सेबोनका तत्कालीन अध्यक्ष रमेशकुमार हमालको कार्यकाल गत पुसमा सकिएसँग अर्थमन्त्रालयले नयाँ अध्यक्ष प्रक्रिया अघि बढाएको थियो। सेबोनका अध्यक्ष बन्न १९ जनाले आवेदन दिएका थिए। ती मध्ये राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको छनोट समिति पाँच जनाको अन्तिम नामावाली तयार गरेको थियो। प्रस्तुतीकरण तथा अन्तर्वाताका लागि कृष्णबहादूर कार्की, डा. नवराज अधिकारी, चिरञ्जीवी चापागाईँ, मुक्ति श्रेष्ठ र सन्तोष नारायण श्रेष्ठ छनौट भएका छन्।

आइतबार र सोमबार हुने प्रस्तुतीकरण तथा अन्तर्वाताका आधारमा छनोट समितिले तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नेछ। ती तीन जना मध्ये एकलाई मन्त्रिपरिषद्ले सेबोनको नयाँ अध्यक्षको रुपमा नियुक्त गर्नेछ।

करिब ६ महिनादेखि सेबोन अध्यक्ष बिहिन रहेको छ। सेबोनको काम कारबाही प्रभावित नहोस् भन्नका लागि अर्थमन्त्रालयले हालका लागि सहसचिव नरेन्द्रकुमार राना अध्यक्षको कामको जिम्मेवारी दिएको छ। अर्थले गत जेठ ९ गते रानालाई अध्यक्षको रुपमा सेबोनमा पठाएको हो।

सरकारको साझेदार प्रमुख दुई राजनीति दल नेकपा एमाले र माओवादीका खिचातानीका कारण सेबोन अध्यक्ष बिन रहेको छ। सेबोनका अध्यक्ष राजनीतिक नियुक्तीका आधारमा हुने भएकाले दुई प्रमुख सत्ता साझेदार दलले आफ्नो निकट व्यक्तिलाई सेबोनको अध्यक्षको रुपमा हेर्न चाहेका छन्। पछिल्लो समय अधिकतम राजनीतिक नियुक्तिमा माओवादी निकटका व्यक्तिले लाभ लिइरहेका छन्। यस्तोमा सेबोनको अध्यक्ष भने नेकपा एमाले आफ्नो निकट व्यक्ति हुनु पर्ने भन्दै अर्थमन्त्री वर्षमान पुनलाई दबाव दिइरहेको छ।

अर्थमन्त्री पुन एमालेलाई पेलेर आफ्नो निकटका व्यक्ति सेबोनको अध्यक्ष भएको हेर्न चाहन्छन्। तर एमालेका अध्यक्ष केपी शर्मा ओली भने कुनै पनि हालमा आफ्नो निकट व्यक्तिलाई सेबोनको अध्यक्ष बनाउने योजनामा छन्। त्यसले गर्दा उनले आफ्ना पार्टीका नेता तथा कार्यकर्तालाई खुलेरै बजेटको विरोध गर्न निर्देशन दिएका थिए। आफ्नो निकट व्यक्तिलाई सेबोनको अध्यक्ष नबनाए बजेट नै पास हुन नदिने उनको योजना छ। यसका लागि उनले बजेट पास हुनु अघि नै सेबोनको अध्यक्ष नियुक्ति प्रक्रिया टुंगाउन दबाव दिइरहेका छन्।

नयाँ अध्यक्षले नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स वितरण गर्ने र लाइसेन्स कसलाई दिने भन्ने प्रमुख विषय प्रमुख रहेको छ। यसले सेबोनको अध्यक्ष आफ्नो दल निकट व्यक्तिलाई बनाउन प्रमुख सत्ता साझेदार एमाले र माओवादीका शीर्षतहका नेता नै अग्रसर देखिएका छन्।

Leave Your Comment

Related News