नागरिक लगानी कोषले गर्‍यो लाभांश घोषणा

काठमाडौं । नागरिक लगानी कोषले आफना शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९÷८० सम्मको मुनाफाबाट लाभांश वितरणको घोषणा गरेको छ ।

कोषको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले कोषका शेयरधनीहरुलाई १४ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि ०.७३६८ प्रतिशत नगद लाभांश गरी १४.७३६८ लाभांश वितरण गर्ने तयारी गरेको हो । जेठ ३२ गते बसेको सञ्चालक समितिको बैठकले उक्त लाभांश वितरण गर्ने घोषणा गरेको हो । उक्त लाभांश आगामी वार्षिक साधारणसभामा पेश गर्ने तयारी गरिएको छ । लाभांश अर्थ मन्त्रालयबाट सहमति प्राप्त भई वार्षिक साधारण सभत्राट स्वीकृत भए पश्चयात वितरण गर्ने निर्णय समेत समितिले गरेको छ ।

अघिल्लो आर्थिक वर्षको मुनाफाबाट कोषले शेयरधनीलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजनाको लागि १.३१८५ नगद लाभांश वितरण गरेको थियो । उक्त आधारमा कोषले गत वर्षको तुलनामा यस वर्ष लाभांश दर घटाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार