साताको सेयर :२८ अर्ब बढीको कारोबार, थपियो ५४ अर्ब बजार पूँजीकरणमा

काठमाडौं ।यो साता धितोपत्र दोस्रो बजारमा कारोबार सुधारउन्मुख दखिएको छ । यो साता बजार मापक नेप्से परिसूचक ३४.५१ अंकले बढेको छ । यो साता २ हजार १ सय १२.२९ अंकमा रहेको नेप्से गत साता २ हजार ७७.७८ अंकमा सिमित भएको थियो । क वर्गको कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ३.८४ अंकले बढेको छ । यो साता ३ सय ७४.१८ अंकमा पुगेको सेन्सेटिभ इन्डेक्स गत साता ३ सय ७०.३४ अंकमा पुगेर बन्द भएको थियो ।

गत साताको तुलनामा यो साता कारोबार रकममा पनि ७ अर्ब ७९ करोड १३ लाख रुपैयाँले वृद्धि भएको छ । यो साता २८ अर्ब ५७ करोड २१ लाख रुपैयाँ कारोबार हुदाँ गत साता २० अर्ब ७८ करोड ८ लाख रुपैयाँ बराबरको कारोबार भएको थियो । यो साता १ करोड ८३ लाख १७ हजार ९ सय ३६ सेयर कित्ता बढी कारोबार भएको छ । यो साता ६ करोड १९ लाख ९७ हजार १ सय ९४ सेयर कित्ता कारोबार भएको छ । गत साता ४ करोड ३६ लाख ७९ हजार २ सय ५८ कित्ता सेयर कारोबार भएको थियो ।
यो साता ५४ अर्ब ७३ करोड ३७ लाख रुपैयाँ बजार पूँजीकरणमा थप भएको छ । यो साता कुल बजार पूँजीकरण रकम ३३ खर्ब ४९ अर्ब ४७ करोड ५४ लाख रुपैयाँ रह्यो। गत साता बजार पूँजीकरण रकम ३२ खर्ब ९४ अर्ब ७४ करोड १७ लाख रुपैयाँ रहेको थियो ।

यो साता म्युअुचल फण्ड र व्यापार बाहेक बाँकी ११ वटा समूहगत परिसूचक बढेका छन् । सर्वाधिक वित्त समूहको परिसूचक बढ्दा सर्वाधिक घट्नेमा भने म्युअुचल फण्ड समूह परिसूचक रह्यो । म्युअुचल फण्ड समूह ३.३६ प्रतिशत र व्यापार २.८९ प्रतिशतले घटेको हो । यो साता वित्त ५.६७ प्रतिशत, जलविद्युत ४.३८ प्रतिशत, विकास बैंक २.६३ प्रतिशत, होटल र पर्यटन २.२२ प्रतिशत, बैकिङ १.१२ प्रतिशत, लगानी १.१५ प्रतिशतले बढेको हो । त्यस्तै, जीबन बीमा १.११ प्रतिशत, लघुवित्त १.०६ प्रतिशत, निर्जिवन बीमा १.६८ प्रतिशत, उत्पादन र प्रशोधन ०.६० प्रतिशत र अन्य समूह ०.३ प्रतिशतले बढेको हो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार