CLI

कोशी प्रदेश बजेट पूर्वाधारका लागि १० अर्ब ४१ करोड विनियोजन

विराटनगर । कोशी प्रदेश सरकारले पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभामा प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकासका लागि १० अर्ब ४१ करोड ५१ लाख बजेट खर्च हुने अनुमान गरेका छन् ।

यस्तै कृषि तथा सहकारी क्षेत्रका लागि प्रदेश सरकारले २ अर्ब ६७ करोड विनियोजन गरेको छ । कृषिमा कोशी प्रदेशलाई धानको बिउको स्रोत व्यवस्थापन गर्ने, व्याज अनुदान दिइने, चियाको अन्तराष्ट्रिय सम्मेलन गर्ने, खोरेत नियन्त्रण गर्ने तथा सबै जिल्लामा भेटनरी अस्पताल र पशुसेवा विज्ञ केन्द्र स्थापना गर्ने बताइएको छ ।

Leave Your Comment

Related News