CLI

गण्डकी प्रदेसको बजेट ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार

काठमाडौं । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार बराबरको बजेट सार्वजनिक गरेको छ। बजेटमा चालुतर्फ १३ अर्ब १६ करोड ५ लाख ८२ हजार र पूँजीगततर्फ १९ अर्ब ५१ करोड ८१ लाख रुपैयाँ विनियोजन गरिएको छ।

यो चालु आर्थिक वर्षको भन्दा सानो आकारको बजेट हो।

गण्डकी प्रदेश सभामा अर्थमन्त्री डा। टकराज गुरुङले संघ सरकारबाट आउने विभिन्न शीर्षकका अनुदान रकम घटेकाले बजेटको आकार पनि घटेको जानकारी दिए।

चालु आर्थिक वर्ष २०८०/०८१ का लागि गण्डकी प्रदेश सरकारले ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको आय–व्यय विवरण (बजेट) पेस गरेको थियो।

अर्थमन्त्री जीतप्रकाश आले मगरबाट प्रस्तुत बजेटमा चालुतर्फ १२ अर्ब १३ करोड ६७ लाख ३८ हजार अर्थात् कुल बजेटको ३८.१ प्रतिशत र पूँजीगततर्फ कुल बजेटको ६०.४  प्रतिशत अर्थात् २० अर्ब १९ करोड ४ लाख ६२ हजार तथा वित्तीय व्यवस्थातर्फ १।५ प्रतिशत अर्थात् ५० करोड विनियोजित थियो।

 

Leave Your Comment

Related News