काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । इण्डियन आयल कर्पोरेसनबाट आएको नयाँ खरिद मुल्य घटेर आएकाले निगमले पेट्रोलको मुल्य प्रति लिटर ३ रुपैँया र र डिजेलको प्रति लिटर १ रुपैँया घटाएको हो । नयाँ मुल्य २०८१ असार २ गतेबाट लागु हुने नेपाल आयल निगमले जनाएको छ ।
निगम सञ्चालक समितिकाे बैठकले पेट्रोल र डिजेलको स्वचालित मुल्य अनुसार मुल्य घटाएको हो ।
नेपाल आयलनिगमको पत्र