नेशनल फण्ड म्यानेजमेन्टको संस्थापक शेयरधनीलाई हकप्रद खुल्ला हुने

काठमाडौं । नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडले  कायम संस्थापक शेयरधनीहरूका लागि चुक्ता पूँजी  ५४,००,००,०००/- (अक्षरुपी चौवन्न करोड मात्र ) को ५०% ले शेयर अकित मूल्य रू. ५०\- दरले रू. २५,००,००,०००\- (अक्षरुपी सत्ताइस करोड रुपैयाँ मात्र) हकप्रद शेयरको निष्काशन तथा बिक्रि खुल्ला गरेको छ ।

हकप्रद शेयर खरिद गर्न चाहने इच्छुक शेयरधनीले २०८१ असार १९ गते देखि मिति २०८१ साउन २२ गते सम्म  (कार्यालय समय भित्र) नेशनल फण्ड म्यानेजमेन्ट लिमिटेडको रजिष्टर्ड कार्यालय, कुपण्डोल – १०, मा खरिदको प्रक्रियामा सहभागि हुन भनेको छ ।

उक्त समयमा हकप्रद किन्न  आवेदन नपरेमा वा आंशिक रुपमा परेमा कम्पनी ऐन, २०६३ अनुसार सञ्चालक समितिले निर्णय लिने बताईएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार