गोलभेँडा ठुलो नेपालीको मुल्य बढ्दा, सानोको मुल्य घट्यो

काठमाडौं । कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिका अनुसार आज गोलभेडा ठुलो नेपालीको मुल्य बढेको छ ।   हिजो प्रति के जी ४५ रुपैँयामा कारोबार भएकोमा आज प्रति केजी औसत मुल्य ५६ रुपैयामा कारोबार भईरहेको छ जुन हिजोको तुलनामा ४४.४४ प्रतिसतले बढी हो । गोलभेडा ठुलो भारतीयको मुल्य आज यथावत रहेको छ हिजो प्रति केजी औसत मुल्य ६५ रुपैँयामा कारोबार भएको थियो । गोलभेडासानो लोकल आज औसत मुल्य १८ रपैयामा कारोबार भईरहेको मा आज घटेर प्रति केजी १२ रुपैँया ३३ पैसा कायम भएको छ । जुन हिजोको मुल्यमा ३१.५० प्रतिसत कम हो । गोलभेडा सानो टनेको मुल्य पनि आज घटेको छ हिजो प्रति केजी औसत मुल्य २५.२० रुपैँयामा कारोबार भएकोमा आज १९ रुपैँया प्रति केजी मुल्य कायम भएको छ जुन हिजोको मुल्यमा २४.६ प्रतिसत कम हो

आलु रातोको मुल्य सामान्य घटेको छ हिजो प्रति केजी ५४ रुपैँयामा कारोबार भएको आलु रातो आज ५३.८० औसत मुल्य कायम भएको छ । जुन हिजोको तुलनामा ०.६१ प्रतिसत कम हो आलु रातो भारतीयको मुल्य यथावत रहेको छ आलु रातो भारतीय प्रति केजी ४७ रुपैयामा कारोबार भइरहेको छ । आलु रातो मुडेको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ४९.३३ रुपैँयामा कारोबार भएकोमा आज घटेर ४९ मा कारोबार भइरहेको छ जुन हिजोको मुल्यमा ०.८१ प्रतिसत कम हो ।

प्याज सुकेको मुल्य आज बढेको छ हिजो ८३ रुपैँया प्रति केजी कायम भएको मुल्य आज ८३.३३ रुपैँया कायम भएको छ जुन हिजोको मुल्यमा ०.८१ प्रतिसतले कमी हो । गाजर लोकलको मुल्य यथावत रहेको छ  हिजो प्रति केजी ६५ रुपैँयामा कारोबार भएकोमा आज ६५ रुपैँया कायम छ । बन्दा को मुल्य यथावत रहेको कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले जनाएको छ ।

काउली स्थानियको मुल्य बढेको छ हिजो प्रति केजी ५५ रुपैँयामा कारोबार भएकोमा आज ६५ रुपैया कायम भएको छ जुन हिजोको मुल्यमा ९.०९ प्रतिसतले बढी हो । काउली ज्यापुको मुल्य घटेको छ हिजो प्रति केजी औसत मुल्य ६६.६७ रुपैँयामा कारोबार भएकोमा आज थोरै घटेर ६५ रुपैँया प्रतिकेजी पुगेको छ जुन हिजोको मुल्यमा २.५० प्रतिसतको कम हो । भण्टा लाम्चोको मुल्य बढेको छ हिजो औसत मुलय ३० कायम भएकलोमा आज हिजो प्रति केजी ३५ रुपैँयामा कारोबार भएको छ जुन हिजोकोतुलनाम १६.६७ प्रतिसत बढी हो ।

आँप मालदहको मुल्य यथावत  छ हिजो प्रतिकेजी औसत मुलय ७५ कायम भएको मा आज पनि सोहि रहेको छ । आँप दसहरीको मुल्य घटेको छ हिजो औसत मुलय ८६.६७ कायम भएकोमा आज सामान्य रुपमा घटेर औसत मुल्य ८५ प्रति केजी भएको छ । कन्या च्याउ प्रति केजी औसत मुलय १७६ प्रति केझी भएकोमा आज घटेर प्रति केजी रु ६५ औसत मुल्य कायम रहेको छ । च्याउ डल्लेको मुल्य हिजोको तुलनामा बढेको छ हिजो प्रतिकेजी २८४ मुलय रहेकोमा आज २९० पुगेको छ जुन हिजोको मुल्यमा २.११ प्रतिसत बढी हो । राजा च्याउ को मुलय यथावत रहेको छ । कागतिको मुलय आज बढेको छ हिजो प्रतिकेजी औसत मुल्य २४४ कायम भएकोमा आज बढेर २४६.६७ कायम भएको छ जुन हिजोको तुलनामा १.०९ प्रतिसत बढी हो अनारको मुल्य सामान्य बढेको छ हिजो प्रति केजी २७५ मुल्य रहेकोमा आज १७६.६७ रहेको छ जुन हिजोको तुलनामा ०.४५ प्रतिसत बढी हो ।

कालिमाटी फलफुल तथा तरकारी बजार बिकास समितिले आजको लाति तय गरेको फलफुल तथा तरकारीको मुल्य सुची

 

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार