सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्सको संस्थापक शेयर बिक्रिमा, सर्वसाधारणले पनि किन्न पाउने

काठमाडौं । कुमारी बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको ६४,६१२ कित्ता संस्थापक शेयर प्रति कित्ता न्यूनतम मूल्य रु.२७५/- (अक्षेरुपी दुई सय पचहत्तर मात्र) मा बोलकलोलको माध्यमबाट बिक्री गर्ने भएको छ

उक्त शेयर खरिद गर्ने इच्छुक विद्यमान संस्थापकहरु तथा सर्वसाधारणहरुले २०८१ असार ९ गते भित्र बिक्री प्रबन्धक श्री कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा आइपुग्ने गरी प्रतिकित्ता के कति दर रेटमा लिने हो सो को मुल्य खुलाई शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।

शेयर खरिद गर्न चाहने खरिद दाताले बोलपत्र आवेदन फाराम रु.१००/- (एक सय) नगद तिरि कुमारी क्यापिटल लिमिटेड, नागपोखरी, नक्साल, काठमाडौंमा पाउनेछन् ।

शेयर खरिदकर्ताले बोलपत्र आवेदन फाराममा आफूले लिन चाहेको शेयर संख्या तथा प्रति कित्ता दर अंक र अक्षरमा स्पष्ट लेखेर पेश गर्नु पर्नेछ  । केरमेट भएको ठाउँमा दस्तखत गर्नुपर्नेछ । धेरै केरमेट भई कवुल गरेको शेयर संख्या, प्रति कित्ता शेयर मूल्यमा जम्मा रकम नबुझिने भएमा त्यस्तो बोलपत्रले  मान्यता पाउने छैन ।शेयरखरिद कर्ताले खरिद मुलय अंक र अक्षरमा फरक-फरक लेखेमा अक्षरमा लेखिएको मुलयले मान्यता पाउनेछ

शेयर खरिदकर्ताले बोलपत्रमा आफ्नो नाम, ठेगाना, हितग्राही खाता नं, आफ्नो खाता रहेको बैंकको नाम र खाता नं. टेलिफोन नम्बर लगायत बोलपत्र आवेदन फाराममा उल्लेखित सम्पूर्ण विवरण स्पष्ट रुपमा लेखेको हुनुपर्नेछ  । भने खरिदको लागि आबेदन दिँदा न्यूनतम ५,००० कित्ताको लागि आवेदन दिनुपर्नेछ ।

शेयर खरिदको लागि बोलपत्र दाखिला गरिसकेपछि बोलपत्रमा कबुल गरेको शेयर संख्या वा रकममा कुनै हेरफेर गर्न वा बोलपत्र फिर्ता लिन सकिने छैन

बीमा प्राधिकरणको स्वीकृति पश्चात् बाँडफाँड गरिएको संस्थापक शेयर नेपाल स्टक एक्सचेन्ज मार्फत कारोबार गरी बाँडफाँड भएको बोलपत्रदाताको खातामा जम्मा गरिनेछ । सो सम्बन्धी लाग्ने कारोबार खर्च बोलपत्रदाता स्वयंमले व्यहोर्नुपर्नेछ ।

निष्काशन गरिएको शेयरका लागि लिलाम बढाबढ गर्दा सबै शेयर खरिदका लागि आबेदन नपरे पनि आबेदन परेको शेयर सम्बन्धित आबेदकलाई बाँडफाँड गरी बाँकी रहेको शेयर पुनः लिलाम बढाबढ गरी बिक्री हुनेछ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार