सिटिजन लाइफका दिप बहादुर बिसी नायब प्रमुख कार्यकारीमा बढुवा

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको नायब महाप्रबन्धक दिप बहादुर बिसीको नायब प्रमुख कार्यकारी पदमा बढुवा भएको छ  । कम्पनीको सञ्चालक समितिको बैठकले असार १ गतेदेखि लागु हुने गरी उनलाई नायब प्रमुख कार्यकारी पदमा बढुवा गरेको हो  ।

पदोन्नती अघि उनी २०७४ साउनदेखि नायब महाप्रबन्धकको साथै कम्पनी सचिवको समेत जिम्मेवारीमा रहेका थिए । एशिया ई युनिभर्सिटीबाट स्नातकोतर तहको उपाधी हासिल गरेका उनले द इन्स्टिच्युट अफ चार्टर्ड अकाउण्टेण्ट अफ नेपालबाट चार्टर्ड अकाउण्टेन्सी इन्टरमेडिएटको शिक्षा पनि पुरा गरेका छन् ।

महाप्रबन्धकमा पदोन्नति भएका बिसीसँग लेखा परिक्षण, लेखा, वित्तीय व्यवस्थापन, रणनीतिक व्यवसायीक योजना र जीवन बीमाका विभिन्न पक्षका सम्बन्धमा डेढ दशक भन्दा लामो समयको अनुभव रहेको छ । सिटिजन लाइफमा काम गर्नु अघि उनी प्राइम लाइफ इन्स्योरेन्स, टिबिआइ ग्रुपलगायतका संस्थामा लेखा तथा वित्त विभाग प्रमुखको जिम्मेवारीमा रहेका थिए ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार