नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवमा सुशीलदेव सुवेदी

काठमाडौं । नेपाल बीमा प्राधिकरणको बोर्ड सचिवको जिम्मेवारी सुशीलदेव सुवेदीले पाएका छन्  ।

प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले निर्देशक सुवेदीलाई बोर्ड सचिवको जिम्मेवारी दिएका हुन् । यसअघि बोर्ड सचिवको जिम्मेवारी निर्देशक दिनेशलाल कर्णले सम्हाल्दै आएका थिए। कर्णले  जेठ ३२ गते अनिवार्य अवकाश पाएका थिए ।

असार १ देखी सुवेदीले बोर्ड सचिवको जिम्मेवारी सम्हाल्ने छन् । हाल प्राधिकरणको प्रवक्ताको जिम्मेवारी पनि निर्देशक सुवेदीले नै सम्हाल्दै आएका छन् ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार