बढ्यो सुन तथा चाँदीको मूल्य

काठमाडौं । सुन तथा चाँदी दुवैको मूल्य बढेको छ। नेपाल सुनचाँदी ब्यबसायी महासंघका आइतबार छापावाला सुन प्रति तोला १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४१ हजार २०० रुपैयाँमा किन बेच भएको थिए। छापावाल सुन प्रति तोला १ हजार ६०० रुपैयाँले बढेको छ।

यस्तै आइतबार तेजाबी सुन प्रति तोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबार तेजाबी सुन प्रति तोला १ लाख ४० हजार २०० रुपैयाँमा किन बेच भएको थियो।

साथै शुक्रबारको तुलनामा आइतबार चाँदीको मूल्य १० रुपैयाँले बढेको छ। आइतबार चाँदी प्रति तोला १ हजार ८२० रुपैयाँमा कारोबार भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार