सात प्रदेशले ल्याए २ खर्ब ७८ अर्ब ७० करोडको बजेट, पाँचले घटाए, दुईले बढाए

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि सातै प्रदेशले शनिबार असार १ गते बजेट सार्वजनिक गरेका छन्। आगामी आवका लागि प्रदेशहरुले २ खर्ब ७८ अर्ब ७० करोड रुपैयाँको बजेट ल्याएको छन्।

आकारको आधारमा बागमतीले प्रदेशको बजेट सबैभन्दा ठूलो छ। आगामी आवका लागि बागमती प्रदेशले ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । यस्तै, सबैभन्दा सानो बजेट कर्णाली प्रदेशको छ। आगामी आवका लागि कर्णालीले ३१ अर्ब ६२ करोड ९५ लाख रुपैयाँको बजेट ल्याएको छ।

आगामी आवका लागि पाँच प्रदेशले बजेटको आकार घटाएका छन्। कोशी, मधेश, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशले बजेटका आकार घटाएका हुन् । कोशी प्रदेशको बजेट ९६ करोड ४२ लाख रुपैयाँले घटेको छ । चालु आवका लागि कोशीको बजेट ३६ अर्ब २४ करोड ३५ लाख रुपैयाँको छ । आगामी आवका लगि ३५ अर्ब २७ करोड ९३ लाख रुपैयाँको बजेट ल्याएको छ ।

त्यस्तै, मेधेश प्रदेशको बजेट २२ करोड २४ लाख ३० हजार रुपैयाँले घटेको छ । चालु आवका लागि मधेशले ४४ अर्ब ११ करोड ४६ लाख रुपैयाँको बजेट ल्याएको छ। आगामी आवका लागि मधेशको बजेट ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार रुपैयाँ छ ।

गण्डकी प्रदेशले बजेटको आकार ४४ करोड ८६ लाख रुपैयाँले घटाएको छ । चालु आवका लागि ३३ अर्ब ४२ करोड ७२ लाख रुपैयाँको बजेट ल्याएको गण्डकीले आगामी आवका ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार रुपैयाँ छ।

लुम्बिनी प्रदेशको बजेट भने एक अर्ब ५० करोड ९७ लाख रुपैयाँले घटेको छ । चालु आवका लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट ल्याएको लुम्बिनीले आगामी आवका लागि ३८ करोड ९७ लाख रुपैयाँको बजेट पेश गरेको छ।

चालू आवमा कर्णालीको बजेट ३३ अर्ब ३७ करोड ९७ लाख रुपैयाँ छ । कर्णालीले एक अर्ब ९६ करोड ३६ लाखले घटाएर आगामी आवका लागि ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ।

सुदुरपश्चिमले भने बजेटको आकार दुई अर्ब ३६ करोड ३६ लाख रुपैयाँले बढाएको छ । चालु आवका लागि २९ अर्ब २६ करोड ५९ लाख रुपैयाँको बजेट ल्याएकोमा आगामी वर्षका लागि ३१ अर्ब ६२ करोड ९५५ लाख २८ हजार रुपैयाँ छ।

त्यस्तै, बागमतीले एक अर्ब ८३ करोड १४ लाख रुपैयाँले बढाएर ६४ अर्ब ५४ करोड चार लाख ३१ हजार रुपैयाँको बजेट ल्याएको छ । चालू आवका लागि बागमतीले ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँको बजेट ल्याएको थियो ।

प्रदेशका बजेट

कोशी: ३५ अर्ब २७ करोड ९३ लाख
चालूः १४ अर्ब ४७ करोड २३ लाख
पुँजीगतः १६ अर्ब २० करोड २० लाख

मधेशः ४३ अर्ब ८९ करोड २१ लाख ७० हजार
चालूः १६ अर्ब ७ लाख १ हजार
पुँजीगतः २७ अर्ब ८९ करोड १४ लाख ६९ हजार

बागमतीः ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार
चालूः २६ अर्ब १० करोड १६ लाख ८२ हजार
पुँजीगतः ३६ अर्ब ९३ करोड ८७ लाख ४९ हजार
वित्तीय हस्तान्तरणः १ अर्ब ५० करोड

गण्डकीः ३२ अर्ब ९७ करोड ८५ लाख ७५ हजार
चालूः १३ अर्ब १६ करोड ५ लाख ८२ हजार
पुँजीगतः १९ अर्ब ५१ करोड ७९ लाख ९३ हजार
वित्तीय हस्तान्तरणः ३ करोड

लुम्बिनीः ३८ अर्ब ९७ करोड
चालूः ११ अर्ब २४ करोड २७ लाख ८४ हजार
पुँजीगतः २४ अर्ब ५८ करोड ५९ लाख
वित्तीय हस्तान्तरणः ३ अर्ब १४ करोड १३ लाख १६ हजार

कर्णालीः ३१ अर्ब ४१ करोड ४१ हजार
चालूः ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार
पुँजीगतः १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार
वित्तीय व्यवस्थाः २५ करोड
वित्तीय हस्तान्तरणः ४ अर्ब ८३ करोड ३५ लाख ८१ हजार

सुदूरपश्चिमः३१ अर्ब ६२ करोड ९८ लाख २८ हजार

चालूः ११ अर्ब ७ करोड १९ लाख ६३ हजार
पुँजीगत १७ अर्ब ५३ करोड ८ लाख ५५ हजार
वित्तीय व्यवस्थाः १० करोड
वित्तीय हस्तान्तरण २ अर्ब ९२ करोड ७० लाख १० हजार

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार