सेबोनको अध्यक्ष बन्न दुई जना मात्र इच्छुक, प्रक्रिया अन्यौलमा

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष बन्नका लागि दुई जना मात्र प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि सहभागी भएका छन्। सेबोनको अध्यक्ष पदका लागि संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश भएका पाँच उम्मेदवारमध्ये प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि दुई जना मात्र सहभागी भएको राष्ट्रिय योजना आयोगले जानकारी दिएको छ।

प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि आज (आइतबार) सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र उपस्थिति भएका छन्। उनीहरुले आफ्नो प्रस्तुतीकरण तथा अन्तरवार्ता सक्काइसकेका छन्। सेबोनको अध्यक्षको सर्ट लिस्टका परेका तर अन्तवार्तामा सहभागी नहुनेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्णबहादूर कार्की, सेबोनका निर्देशक डा. नवराज अधिकारी र नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ रहेका छन्।

उनीहरु के करणले प्रस्तुतीकरण तथा अन्तरवार्तामा सहभागी नभएको बुझ्न सकिएको छैन। प्रस्तुतीकरण तथा अन्तरवार्तामा सर्टलिस्टमा परेका पाँच जना मध्ये दुई जना मात्र सहभागी भए पछि कसरी प्रक्रिया अघि बढाउने भन्ने विषयमा अन्यौलता कायम भएको छ। तीन प्रतिस्पर्धी प्रस्तुतीकरण तथा अन्तरवार्ता सहभागी नहुने बुझिएको आयोजको स्रोतले जानकारी दिएको छ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य रहेको छनोट समितिले अब सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया कसरी अघि बढाउने भन्ने तर्फ कानुनी सल्लाह लिइरहेका छन्।

समितिले आज (आइतबार) अन्तरवार्ता लिएर तीन जनाको नाम आजै मन्त्रिपरिषद पठाउने र सोमबार नै नियुक्ति गर्ने योजना बनाएको छ । तर अन्तर्वार्तामा उम्मेदवारहरु नै सहभागी नभएपछि छनौट प्रकृया अन्योल बनेको छ । छनौट समितिले शुक्रबार एक सुचना जारी गर्दै आइतबार बिहान ९ बजेका लागि सबै उम्मेदवारलाई बोलाएको थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार