मेवा खोला हाइड्रोद्धारा १ करोड २३ लाख हकप्रद शेयर जारी गर्ने तयारीमा

काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावार लिमिटेडको लगानी रहेको श्री युनाइटेड मेवा खोला हाइड्रोपावार प्रा.लिले १ करोड २३ लाख ५ हजार हकप्रद शेयर जारी गर्ने तयारी गरेको छ । कम्पनीको हाल कायम चुक्ता पूँजी १ अर्ब २३ करोड ५ लाख रुपैयाँ बराबरको १ करोड २३ लाख ५ हजार कित्ता सेयर जारी गर्न लागेको हो । १ शेयरका दरले १ः १ अनुपातमा हकप्रद शेयर जारी गर्न लागिएको हो । गत साता बसेको युनाइटेड मोदी हाइड्रोपावार लिमिटेडको १० औं वार्षिक साधारण सभाले उक्त विशेष निर्णय गरेको हो ।

युनाइटेड मोदी हाइड्रोको श्री युनाइटेड मेवा खोला हाइड्रोमा शेयर लगानी रहेको छ । हकप्रद शेयर निष्काशनका लागि कम्पनीको अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने तथा निष्काशन पश्चात चुक्ता पूँजी वृद्धि हुने भएकाले कम्पनीको प्रबन्धपत्र तथा नियमावलीका आवश्यक दफाहरु संशोधन गर्ने तथा सो सम्बन्धि आवश्यक कार्यका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्त्यिार प्रदान गर्ने निर्णय गरिएको छ ।

साधारण निर्णयमा भने राज काफलेलाई चालु आर्थिक वर्षको लेखापरीक्षण लागि नियुक्त गरिएको छ । उनलाई मूल्य अभिवृद्धि कर (भ्याट) सहित ३ लाख ३९ हजार रुपैयाँ मात्र हुने गरी लेखापरीक्षक नियुक्त गर्ने निर्णय गरिएको छ । कम्पनीको सञ्चालक समितिको अध्यक्ष रेनुका पाण्डे रहेकी छिन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार