दोहोरो अंकले घट्यो सेयर बजार, ५ अर्ब बढी कारोबार

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजार दोहोरो अंकले घटेको छ । आइतबार नेप्से परिसूचक १७.०४ अंकले घटी २ हजार ९५.२५ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ३.२५ अंकले घटेर ३ सय ७०.९३ विन्दुमा पुगेर बन्द भएको हो । बिहीबार ९.३२ अंकले घटेको शेयर बजार आइतबार ०.८० प्रतिशतले घटेको हो ।
आइतबार ६४ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ७७ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ । आइतबार ३ सय १७ वटा कम्पनीको १ करोड ३२ लाख २३ हजार ८ सय ८४ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ५ अर्ब ४७ करोड २२ लाख ५३ हजार ५ सय ५१ रुपैयाँ ८५ पैसा रहन पुग्यो । बजार पूँजीकरण रकम भने ३३ खर्ब २२ अर्ब २४ करोड ५५ लाख ९५ हजार रुपैयाँ रह्यो ।

आइतबार नेपाल फाइनान्स, मनकामना लघुवित्त वित्तीय संस्थाको सेयरका सकारात्मक सर्किट लाग्दा शिव श्री हाइड्रोपावर, कुथेली बुखारी स्मल हाइड्रोपावर र दिव्यश्वरी हाइड्रोपावर कम्पनीका सेयर मूल्य बढ्यो । भगवती हाइड्रोपावर डेभ्लपमेन्ट कम्पनीको सेयरमा नकारात्मक सर्किट लाग्दा समृद्धि फाइनान्स, ग्लोबल आइएमइ लघुवित्त वित्तीय संस्था, मुक्तिनाथ कृषि कम्पनी र प्रभू स्मार्ट फण्डको सेयर मूल्य घट्यो ।

दोहोरो अंकले घटेको सेयर बजारमा बजार परिसूचकहरु मध्ये १२ वटा समूहको सेयर घट्दा एउटा समूहको सेयर बढेको छ । जसमा होटल र पर्यटन रहेको छ । बैकिङ ९.५७, विकास बैंक ४९.९१, वित्त १७.०१, जलविद्युत ६.१५, लगानी ०.६३, जीवन बीमा ३७.०९, उत्पादन र प्रशोधन ६२.९४,लघुवित्त ८०.५६, म्युअुचल फण्ड ०.०३, निर्जिवन बीमा ६८.२१, व्यापार २.७३ र अन्य समूह १८.३६ अंकले घटेको हो । होटल र पर्यटन भने २.३० अंकले बढेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, न्याग्दी ग्रुप लिमिटेड, सीइडीबी हाइड्रो डेभ्लपमेन्ट कम्पनी र समृद्धि फाइनान्स कम्पनी रह्यो । नेपाल फाइनान्सको ३० करोड ४० लाख रुपैयाा, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १८ करोड १९ लाख रुपैयाँ, न्याग्दी ग्रुप लिमिटेड १५ करोड २५ लाख रुपैयाँ, सीइडीबी हाइड्रो डेभ्लपमेन्ट कम्पनीको १३ करोड २७ लाख रुपैयाँ र समृद्धि फाइनान्स कम्पनीको १३ करोड १ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार