बीमा प्राधिकरणका कार्यकारी निर्देशक सहित तीन कर्मचारीको विदाई

काठमाडौं । नेपाल बीमा प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक, निर्देशक, उपनिर्देशक र सहायक निर्देशकको विदाई एवम् सम्मानमा आज (आइतबार) प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल ललितपुरमा विदाई तथा सम्मान कार्यक्रम आयोजना गरिएको छ ।

त्यस अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक राजुरमण पौडेल, निवर्तमान निर्देशक दिनेश कुमार लाल, निवर्तमान उपनिर्देशक कुसुम शर्मा र निवर्तमान सहायक निर्देशक सुनिता कुमारी कार्कीलाई दोसल्ला ओढाई सम्मान गर्नुका साथै कदरपत्र र उपहार प्रदान गरे।
निवर्तमान कार्यकारी निर्देशक पौडेल यही २०८१ साल माघ १२ गतेदेखि र निवर्तमान निर्देशक लाल, निवर्तमान उपनिर्देशक शर्मा र निवर्तमान सहायक निर्देशक कार्की यही २०८१ साल जेठ १२ गतेदेखि ३० वर्षे सेवा अवधि पूरा गर्नुभई अनिवार्य अवकाश भएका हुन्।

कार्यक्रमलाई सम्बोधन गर्दै प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले निवर्तमान पदाधिकारीहरूको ज्ञान र अनुभव आगामी दिनमा पनि उपयोग गर्न र निरन्तर संवादका लागि आवश्यक व्यवस्था गर्न ध्यान दिइने बताए।

अध्यक्ष सिलवालले संस्थाको हितमा ज्ञानको उपयोग गर्न, विज्ञताका आधारमा जिम्मेवारी निर्वाह गर्न र नेतृत्व विकासमा ध्यान दिन कर्मचारीहरूलाई आग्रह गरे।
प्राधिकरणलाई अब्बल दर्जाको नियामक निकाय बनाउन कर्मचारीहरूले सामूहिक रूपमा काम गर्नुपर्नेमा उनको जोड छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार