SKIP THIS

NCELL

प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थित सेबोन अध्यक्षका प्रत्याशीलाई बुधबार पुन बोलाईयो

काठमाडौं । सरकारले नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष बन्ने संक्षिप्त सूची (सर्ट लिस्ट) मा समावेश भएका तर प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थित भएकालाई पुन बोलाएको छ। अर्थमन्त्रालयले आज (आइतबार) सूचना जारी गर्दै प्रस्तुतीकरण तथा अन्तवार्तामा अनुपस्थितलाई असार ५ गते बुधबार ९ बजे राष्ट्रिय योजना आयोगको सभाहलमा उपस्थित हुन अनुरोध गरेको हो।

सर्ट लिस्टमा परेका मध्ये प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि आज (आइतबार) सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र उपस्थिति भएका छन्। उनीहरुले आफ्नो प्रस्तुतीकरण तथा अन्तरवार्ता दिइसकेका छन्। आजको प्रस्तुतीकरण तथा अन्तरवार्तामा अनुपस्थिति हुनेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्णबहादूर कार्की, सेबोनका निर्देशक डा. नवराज अधिकारी र नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ रहेका छन्।

प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि बाँकी तीन उमेदवार अनुपस्थिति हुँदा सेबोन अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढ्न सकेको छैन। अध्यक्ष नियुक्ती प्रक्रिया अघि बढाउन कानुन अनुसार सिफारिस समितिले तीनको नाम मन्त्रिपरिषद्मा प्रस्ताव गर्नु पर्ने हुन्छ। प्रस्तुतीकरण तथा अन्तरवार्ताका लागि दुई जना मात्र उमेदवार उपस्थित हुँदा अध्यक्ष नियुक्तीका लागि आवश्यक पर्ने तीन जनाको नाम सिफारिस हुने अवस्था सिर्जना हुन सकेन।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको संयोजकत्वमा अर्थसचिव कृष्णहरी पुष्कर र शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला सदस्य समितिले अब पुन बुधबार बाँकी तीन जनासँग प्रस्तुतीकरण तथा अन्तरवार्ता लिनेछ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार