एक्सपिरियन्स टोयोटा २०८१ असार ५ बाट सुरु, १२ वर्षसम्मको बैंकिङ फाईनान्स

काठमाडौं । नेपालका लागि टोयोटा गाडीको आधिकारिक वितरक युनाइटेड ट्रेडर्स सिन्डिकेट प्रालिले असार ५ देखि असार ७ गते सम्मका लागि आनन्दनगर, धुम्बाराही स्थित आफुनो टोयोटा शोरुममा “एक्सपिरियन्स टोयोटा” आयोजना गरेको छ ।

२०८१ लाई बिशेष लक्षित गरि आयोजना गरिएको यस इभेन्टमा ग्राहकले हरेक गाडीको खरिदमा एक्सचेन्ज बोनस, अतिरिक्त एसोसरिज, फ्री इन्स्योरेन्स, बैंकिङ सुबिधा (१२ वर्ष सम्म), रोड कर, विभिन्न उपहारहरु समेत पाउने हुने छ ।

यस टोयोटाको हरेक टेस्ट ड्राइभमा आकर्षक उपहार पाउनुको साथै ग्राहकलाई यस प्रा।लिको विभिन्न सुबिधाको बारेमा जानकारी गराईनेछ । ग्राहकलाई यूटिएससँग विभिन्न मोडलका गाडीहरु उपलब्ध रहेको हुँदा आफ्ना ग्राहकलाई निर्धक्कका साथ टेस्ट ड्राइभ गर्न आउनको लागि अनुरोध समेत गरेको छ।

साथै, यस उत्सवमा ग्राहकलाई सहजीकरण गर्नका निम्ति गरिमा विकास बैंक र अन्य विभिन्न बैंकसंग बैंकिङ फाईनान्सको पनि ब्यबस्था गरिएको छ।

टोयोटाको ग्लोबल भिजन “मोबिलिटी फोर अल” लाई सहयोग गर्दै युटिएसले ग्राहकका लागि उत्कृष्ट एक्सचेन्ज योजना र आफ्नो सवारी साधनको अधिकतम मूल्यांकन गर्ने सुवर्ण अवसर उक्त उत्सव मार्फत ल्याएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार