भिभो युरो कपको आधिकारिक साझेदार

काठमाडौं । स्मार्टफोन ब्रान्ड भिभो आधिकारिक साझेदार रहेको युरोपेली फुटबल च्याम्पियनसिप (युरो कप २०२४) जर्मनीको म्युजिक फुटबल एरिनामा गत शुक्रबारदेखि सुरु भएको छ ।

२०२२ फिफा विश्वकपपछि भिभो फेरि २०२४ को युरोकपमार्फत अन्तर्राष्ट्रिय फुटबल क्षेत्रमा फर्किएको छ । भिभोको लागि युरो कप आफ्नो ‘द जोए अफ ह्युमानिटी’ ब्रान्ड सन्देशलाई विश्वव्यापी दर्शकहरूमा पुर्याउने र संसारभरका फुटबल फ्यानहरूसँग जडान गर्ने एक माध्यम रहेको कम्पनीले जनाएको छ । भिभो सधैं विश्वव्यापी फ्यानहरू र दर्शकहरूलाई मानवता र खेलकुदको वास्तविक भावना प्रदान गर्न प्रतिबद्ध छ ।

युरो कप २०२४ को आधिकारिक साझेदारको रूपमा भिभो भी ३० शृङ्खलाले आफ्नो फ्ल्यागसिप इमेजिङ पोट्रेट फोटोग्राफीका साथ प्रयोगकर्ताहरूलाई खेल मैदान र बाहिर गुणस्तरीय पोट्रेटहरू र रोमाञ्चक क्षणहरू कैद गर्न सहयोग गर्नेछ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार