लाइफ इन्स्योरेन्स कर्पोरेशनको वार्षिक साधारणसभा हुँदै

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशनको को २२औं वार्षिक साधारणसभा असार २३ गते  नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेल, ललितपुरमा बस्ने भएको छ ।

साधारणसभाले अध्यक्षद्वारा सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७९/८० प्रस्तुत गरी अनुमोदन गर्ने।,लेखापरीक्षकको प्रतिवेदन सहित २०८० आषाढ मसान्तसम्मको वासलात र आ.व. २०७९/८० को नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमाथि छलफल गरी पारित गर्ने, लेखा परिक्षण समितिको सिफारिस बमोजिम आ.व. २०५०/८१ को लागि लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने लगायतका निर्णय गर्ने जनाइएको छ ।

साधारणसभा प्रयोजनका लागि बीमकको शेयरधनी दर्ता पुस्तिका २०८१ जेठ ३२ गते एक दिनका लागि बन्द रहने कम्पनीले जनाएको छ ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार