प्रतिनिधिसभाको बैठक बस्दै विनियोजन विधेयकमाथिको छलफल जारी

काठमाडौं ।  प्रतिनिधिसभाको बैठक आज (मंगलबार) बिहान ११  बस्दै छ ।   बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ। आजको बैठकमा गृह मन्त्रालय, परराष्ट्र मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुने संभाबित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयका विभिन्न शीर्षकमाथि पनि छलफल हुने कार्यसूची छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार