‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ सम्पन्न, समृद्धि स्कुल प्रथम

काठमाडौं । मंगलबार  सुरु भएको ‘युनिग्लोब फुटसल फ्रेन्जी २०२४’ शनिबार सम्पन्नभएको छ  छ ।  माध्यमिक शिक्षा परीक्षा ‘एसईई’ दिएर नतिजाको पर्खाइको खाली समयमा रहेका विद्यार्थीहरूलाई लक्षित गर्दै युनिग्लोब माध्यमिक विद्यालयले आयोजना गरेको खेल चार दिनसम्म चलेको थियो  ।

जसमा समृद्धि स्कुल प्रथम बनेको छ । त्यस्तै, हिमचुली स्कुल दोस्रो भएको छ भने स्वप्न भाटिका स्कुल तेस्रो भएको प्रतियोगिताका संयोजक मिलन बम ठकुरीले जानकारी दिए । खेलमा ‘बेस्ट किपर’ अवार्ड भने सनसाइन स्कुलका सुशन खत्रीले पाएका छन् । त्यस्तै, ‘बेस्ट प्लेयर’ अवार्ड समृद्दि स्कुलकै सौगात राना मगरले पाएका छन् । देशैभरका विभिन्न विद्यालय तथा इन्स्टिच्युटहरूका विद्यार्थीहरूबाट कुल ९० वटा समूह सहभागी भएका थिए ।

कमलादीस्थित युनिग्लोबको आफ्नै फुटसल कोर्टमा आयोजना भएको यस वर्षको प्रतियोगितामा सुर्खेत, जुम्ला, बाजुरालगायत देशैभरबाट सहभागिता रहेको थियो ।एसईई दिएर बसिरहेका विद्यार्थीहरूको सहभागिता रहेको यो प्रतियोगिता देशकै सबैभन्दा ठूलो माध्यमिक तहस्तरीय प्रतियोगितासमेत रहेको मिलनले बताए ।

प्रतियोगिताको विजेता टिमले मेडल, ट्रफी र प्रमाणपत्रसहित ५० हजार नगद पुरस्कार प्राप्त गरेका छन् भने उपविजेताले ३० हजार रुपैयाँ र तेस्रो हुने टोलीले २० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरेका छन् ।

 

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार