मुगुको गमगढीमा प्रभु बैंकको ३०६औं शाखा

काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा असार ४ गतेदेखि मुगु, छायानाथ रारा नगरपालिका(२ स्थित गमगढीमा आफ्नो ३०६ औं शाखा खोली कार्यालयको सेवा सञ्चालनमा ल्याएको छ ।

बैंकले आफ्नो व्यावसायिक सञ्जाल विस्तार गर्दै विभिन्न ठाउँहरुमा आफ्नो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरेको छ ।

प्रभु बैंकले यस अभियानबाट देशभरका उपभोक्ताको बैंकिङ पहुँचमा वृद्धि हुनुका साथै समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुग्ने अपेक्षा गरेको छ ।

बैंकको गमगढी शाखा मार्फत स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र यस क्षेत्रको समग्र आर्थिक उन्नतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने पनि बैंकले विश्वास लिएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार