१९ अंकले घट्यो नेप्से, सम्पूर्ण समूहगत सूचक राताम्मे

काठमाडौं ।  साताको तेस्रो दिन मंगलबार सेयर बजार दोहोरो अंकले घटेको छ । मंगलबार नेप्से परिसूचक १८.७६ अंकले घटेर २ हजार ७६.४९ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स नि ३.७२ अंकले घटेर ३ सय ६७.२० विन्दुमा पुगेर बन्द भएको छ ।
मंगलबार ४० वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ९८ वटा कम्पनीको सेयर मूल्य घटेको छ भने ९ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।
मंगलबार कुल ३ सय १८ वटा कम्पनीको ९५ लाख ४४ हजार ७ सय ३४ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ४ अर्ब ५ करोड ५७  लाख रुपैयाँ पुग्यो । बजार पूँजीकरण भने ३२ खर्ब ९२ अर्ब ६९ करोड ५३ लाख ३१ हजार रुपैयाँ रह्यो ।

मंगलबार १३ वटा समूहगत सूचकहरु घटेको छ । बैकिङ १२.९४, विकास बैंक ३५.९४, होटल र पर्यटन ३९.५२, जलविद्युत २२.८९, लगानी ०.६३, जीवन बीमा १००.५८, उत्पादन र प्रशोधन ३४.५७, लघुवित्त २९.८१, म्युअुचल फण्ड ०.१३, निर्जिवन बीमा ८८.७४, व्यापार १८.५९ र अन्य समूह १२.४१ अंकले घटेको हो ।

मंगलबार समाज लघुवित्त वित्तीय संस्थाको सकारात्मक सर्किट लाग्दा माण्डु हाइड्रो, विन नेपाल लघुवित्त वित्तीय संस्था, दिव्यश्वरी हाइड्रो र एनआइसिएसिया ब्यालेन्स फण्डको सेयर मूल्य बढ्यो । भने मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोको नकारात्मक सर्किट लाग्दा बाराही हाइड्रो, भगवती हाइड्रोपावर कम्पनी र मेन्छीयम हाइड्रोको सेयर मूल्य घट्यो ।

मंगलबार सबैभन्दा बढी कारोबार हुनेमा बरुण हाइड्रोपवार, सीइडीबी हाइड्रो डेमल्पमेन्ट कम्पनी, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेड, ग्लोबल आइएमइ लघुवित्त र मण्डु हाइड्रा रह्यो । बरुण हाइड्रोपवारको ११ करोड २७ लाख रुपैयाँ, सीइडीबी हाइड्रो डेमल्पमेन्ट कम्पनीको ११ करोड १३ लाख रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभ्लपमेन्ट लिमिटेडको १० करोड ३७ लाख रुपैयाँ, ग्लोबल आइएमइ लघुवित्तको ९ करोड ४१ लाख रुपैयाँ र मण्डु हाइड्राको ९ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भयो ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार