संसद बैठक आज पनि बस्दै बिनियोजन बिधयेक माथि छलफल जारी

काठमाडौं ।संघीय प्रतिनिधिसभाको बैठक आज (बुधबार) बिहान ११ बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा पनि विनियोजन विधेयकमाथिको छलफल जारी रहने छ ।

आजको संसद् बैठकमा सांसद पुष्पबहादुर शाहले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन् भन्ने संसद सचिबालयले तयार गरेको सम्भावित कार्यसूची रहेको छ

त्यसैगरी नेमकिपाका सांसद प्रेम सुवालले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकममा उल्लिखित रकम घटाईयोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ।

बैठकमा स्वतन्त्र सांसद डा. अमरेश कुमार सिंह र अर्का सांसद धु्रबबहादुर प्रधानले ‘विनियोजन विधेयक, २०८१ अन्र्तगत युवा तथा खेलकुद मन्त्रालय शीर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस्’ भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्नेछन्।

विनियोजन विधेयक

, २०८१ को विभिन्न शीर्षकहरुमाथि जारी छलफल अन्तर्गत आज वन, शिक्षा, श्रम, सहरी विकास, रक्षा, खानेपानी र महिला बालबालिकामन्त्रीले जबाफ दिने कार्यसूची रहेको संसद् छ

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार