आज पनि सुन चाँदीको मुल्य यथावत

काठमाडौं । आज मंगलबार सुनको मुल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ । हिजो सोमबार तोलाको १ लाख ४२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मुलय आज पनि प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ नै कायम छ ।

यस्तै तेजाबी सुनको मुल्य पनि प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ नै  स्थिर रहेको छ  ।

चाँदीको मुल्य भने आज तोलामा १० रुपैयाँले घटेर तोलाको १ हजार ८ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सोमबार प्रति १० ग्राम छापावाल सुनको मुल्य १ लाख २१ हजार ९१५ रुपैयाँ, प्रति १० ग्राम तेजाबी सुनको मुल्य १ लाख २१ हजार ३१५ रुपैयाँ र प्रति १० ग्राम चाँदीको मुल्य १ हजार ४ सय ४७.५० रुपैयाँ तोकिएको छ ।

 

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार