सेबोन अध्यक्ष प्रत्याशी आज पनि अन्तरवार्तामा गएनन्, प्रक्रिया खारेज गर्ने प्रारम्भिक छलफल

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्षका प्रतिस्पर्धीहरु अन्तरवार्ता तथा प्रस्तुतीकरणका लागि बुधबार पनि अनुपस्थिति भएका छन्। आज बिहान ९ बजेट अध्यक्षका प्रत्याशीहरुलाई अन्तरवार्ता तथा प्रस्तुतीकरण लागि बोलाईएको थियो।

साढे ११ बजेसम्म पनि अध्यक्षका प्रत्याशीहरु उपस्थिति नभए पछि सेबोन अध्यक्ष छनौट समितिले निधारित कार्यक्रम स्थगित गरेको छ। अब सेबोनको अध्यक्ष नियुक्ती प्रक्रिया खारेजी गर्ने गरी प्रारम्भिक छलफल भएको योजना आयोगको स्रोतले जानकारी दिएको छ।

‘अध्यक्ष छनौट गर्न तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गर्नु पर्ने हुन्छ। हालसम्म दुई जनाले मात्र अन्तवार्ता तथा प्रस्तुतीकरण गर्नु भएको छ। आवश्यक संख्या नपुग्न सकेन। अब छनौट प्रक्रियालाई खारेजी गर्ने गरी प्रारम्भिक छलफल भएको छ,’ आयोग स्रोतले भन्यो।

सेबोनको अध्यक्षको सर्ट लिस्टका परेका तर अन्तवार्तामा सहभागी नहुनेमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का सीईओ कृष्णबहादूर कार्की, सेबोनका निर्देशक डा. नवराज अधिकारी र नेपाल बीमा प्राधिकरणका निवर्तमान अध्यक्ष चिरञ्जीवी चापागाईँ रहेका छन्। उनीहरु आइतबारको अन्तवार्तामा उपस्थित नभएकाले बुधबार बोलाइएको थियो। आइतबार सन्तोषनारायण श्रेष्ठ र मुक्ति श्रेष्ठ मात्र उपस्थिति भएका थिए।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार