संसद् भवनमा प्रहरी मृत्यु प्रकरण : प्रहरी जवानले आत्महत्या गरेका प्रारम्भिक निष्कर्ष

काठमाडौं । नयाँ बानेश्वरस्थित संसद भवनभित्र मृत अवस्थामा भेटिएका प्रहरी जवानले आत्महत्या गरेको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ ।

दोलखाको मेलुङ गाउँपालिका–४ घर भएका प्रहरी जवान २२ वर्षीय अजित गोलेले आफैंले बोेकेको राइफलले आफैंलाई गोली हानेको पाइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । ।

जवानको शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल महाराजगंज पठाइएको छ । गोले संसद् भवनको दुई नम्बर गेटको बायाँतर्फ रहेको शौचालयमा मृत फेला परेका थिए ।

मृतकका आफन्तको उपस्थितिमा मुचुल्का उठाएर शव पोस्टमार्टमका लागि अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनी नेपाल प्रहरीमा ३ वर्षदेखि कार्यरत थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार