सेयर बजारमा समान्य सुधार, कारोबार रकममा भने कमी

काठमाडौं । साताको चौथो दिन बुधबार सेयर बजारमा समान्य सुधार देखिएको छ । बुधबार नेप्से परिसूचक २.२७ अंकले बढेर २ हजार ७८.७६ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गका कम्पनीहरुको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ०.५५ अंकले बढेर ३ सय ६७.७५ विन्दुमा पुगेर बन्द भएको छ । मंगलबार १८.७६ अंकले घटेको सेयर बजार बुधबार ०.१० प्रतिशतले बढेको हो ।

बुधबार १ सय ३५ वटा कम्पनीको सेयर मूल्य बढ्दा १ सय ४ वटा कम्पनीको सेयर मुल्य घट्यो भने ८ वटा कम्पनीको सेयर मूल्य स्थिर रह्यो । बुधबार  ३ सय ८ वटा कम्पनीको ७२ लाख ९ हजार ७ सय ५७ कित्ता सेयर कारोबार हुदाँ कारोबार रकम भने ३ अर्ब ४० करोड ४३ लाख ७२ हजार रुपैयाँ रहन पुग्यो । बजार पूँजीकरण रकम भने ३२ खर्ब ९६ अर्ब २९ करोड ६३ लाख रुपैयाँ रह्यो ।

बुधबार सबैभन्दा बढी कारोबार हुनेमा नेपाल फाइनान्स, गोर्खाज फाइनान्स, ग्लोबल आइएमइ लघुवित्त, सीइडीबी हाइड्रो र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड रह्यो । नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ, गोर्खाज फाइनान्सको ९ करोड ६६ लाख रुपैयाँ, ग्लोबल आइएमइ लघुवित्तको ८ करोड ९९ लाख रुपैयाँ, सीइडीबी हाइड्रोको ७ करोड ७४ लाख रुपैयाँ र हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडको ७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।

बुधबार नेपाल फाइनान्स, समाज लघुवित्त वित्तीय संस्था, कुथेली बुखरी स्मल हाइड्रोको सकारात्मक सर्किटन लाग्दा मन्दाकिनी हाइड्रोपावर र समलिङ पावर कम्पनीको सेयर मूल्य बढेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको नकारात्मक सर्किट लाग्दा कुमारी सबल योजना, एनआइसीएसिया सेलक्ट फण्ड ३०, दिव्यश्वेरी हाइड्रोपावर र नलिब ब्यालेन्स फण्ड २ को सेयर मूल्य घटेको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार