SKIP THIS

NCELL

टी–२० विश्वकप-इङ्गल्यान्डसँग वेस्ट इन्डिज पराजित

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेटमा आज भएको दोस्रो चरणको खेलमा इङ्गल्यान्डले वेस्ट इन्डिजलाई ८ विकेटले हराएको छ । टस हारेर पहिले ब्याटिङ गरेको वेस्ट इन्डिजले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर एक सय ८० रन बनाएको थियो । एक सय ८१ रनको लक्ष्य इङ्गल्यान्डले २ विकेटको क्षतिमा १७.३ ओभरमा पूरा गर्यो।

इङ्गल्यान्डको जितमा ओपनर फिल साल्टले आक्रमक ४७ बलमा ८७ रन जोडे। उनी नै खेलको म्यान अफ द म्याच भए।

दोस्रो चरणको समूह–२ मा रहेको इङ्गल्यान्ड दुई अङ्कसहित तालिकाको पहिलो स्थानमा छ । समान अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । दक्षिण अफ्रिकाले आयोजक अमेरिकालाई १८ रनले हराएको थियो । पहिलो खेलमा पराजित भएका वेस्ट इन्डिज र अमेरिका क्रमशः तेस्रो र चौथो स्थानमा छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार