बढ्यो सुन र चाँदीको मूल्य

काठमाडौं । बिहीबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा ६०० रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका बिहीबार छापावाल सुन प्रति तोला १ लाख ४२ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४२ हजार १०० रुपैयाँमा कारोबार भएको छ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ। बुधबार प्रति तोला १ हजार ८०५ रुपैयाँ कारोबार भएको चाँदीको मूल्य ३५ रुपैयाँले बढेको छ। बिहीबार चाँदी प्रति तोला १ हजार ८४० रुपैयाँमा कारोबार भइरहेको छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार