धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती प्रक्रिया खिचडी, तुरुन्तै भाग लगाउन सांसद ढकालको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकालले नेपाल धितोपत्र बोर्ड (सेबोन) अध्यक्ष नियुक्ती प्रक्रियालाई खिचडीको संघ्या दिएका छन्। बिहीबारको प्रतिनिधि सभागको बैठकमा बोल्दै सांसद ढकालले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियालाई पाँकेको खिचडी भनेका हुन्।

सेबोनका तत्कालीन अध्यक्ष रमेश हमालको कार्याकाल सकिएसँग गत २०८० पुस २१ गतेदेखि अध्यक्ष बिहिन छ।

उनले सेबोन अध्यक्ष नियुक्ती प्रक्रियाका लागि हालसम्म भएका घटना क्रम बताउँदै भने, ‘गत पुस २१ गतेदेखि बोर्ड अध्यक्ष बिहिन छ। माघको ३ गतेको मन्त्रिपरिषद्को बैठकले अध्यक्ष सिफारिस समिति बनाएको थियो। फागुन १६ गते अध्यक्षका लागि आवेदन माग हुन्छ। १९ जनाको आवेदन पर्छ। चैत २५ गते पाँच जनाको नाम सिफारिस हुन्छ। २५ गतेदेखि पाँकेको खिचडी अब त भाग लगाउने बेला भयो होला नी। पाँकेको खिचडी भाग लगाउन कति बेर लगाएको हो। भाग लगाइदिए हुन्थ्यो, तुरुन्तै लगाईदिए हुन्थ्यो।’

नेपालको पुँजी बजारमा करिब ६२ लाख लगानीकर्ताहरुले प्रत्यक्ष लगानी गर्छन्। यसको नियमन गर्न बनेको धितो पत्र बोर्डलाई उनले पोर ताका ढिलोपत्र बोर्ड भनेको पनि संसदमा बताउँछन्। अहिले सरकारले उनको भनाईलाई प्रमाणीत गरेर धितोपत्र बोर्डलाई ढिलोपत्र बोर्ड बनाएको उनको दाबी छ। धितोपत्र बोर्डमा अध्यक्ष नियुक्ती नहुँदा समग्र २२ अर्बसम्म कारोबार भएको यस क्षेत्रलाई प्रत्यक्ष असर गरेको उनी बताउँछन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार