CLI

१०.४४ अंकले घट्यो नेप्से, तीन अर्ब ८७ करोडको कारोबार

काठमाडौं । साताको अन्तिम दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचकमा गिरावट देखिएको छ। बिहीबार नेप्से १०.४४ अंकले घटेर २०६८.३१ विन्दुमा पुगेको छ।

आज ८६ लाख ६३ हजार ६९९ कित्ता सेयर खरिद बिक्री हुँदा तीन अर्ब ८७ करोड ७ लाख ४४ हजार रुपैयाँ बराबरको कारोबार भएको छ। ३०६ कम्पनीको सेयर कारोबार भएको छ। जसमा ५२ कम्पनीको सेयर मूल्य बढेको छ भने १८६ कम्पनीको मूल्य घट्दा ८ वटाको सेयर मूल्य यथावत रहेको छ।

आज फाइनान्स र म्युचल फण्ड बाहेक सबै उपसमूह घटेका छन् फाइनान्स ४२.०२ अंक र म्यूचल फण्ड ०.०२ अंकले बढेको छ।

कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८३ रुपैयाँले बढेर १ हजार १६० रुपैयाँ पुगेको छ।

कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य १५८ रुपैयाँले घटेर १ हजार ५४५ रुपैयाँमा झरेको छ।

Leave Your Comment

Related News