४७ अर्ब ८८ करोडले बढ्यो घरजग्गा कर्जा

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूले घरजग्गा कर्जास्वरुप ६ खर्ब रुपैयाँ भन्दा बढी रकम वितरण गरेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाले घरजग्गा क्षेत्रमा ६ खर्ब ३८ अर्ब ३० करोड ६० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । उक्त समयममा ५१ खर्ब ६ अर्ब ३० करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गर्दा घरजग्गामा भने उक्त कर्जा प्रवाह गरेका हुन् । बैंकहरूले व्यक्तिगत आवासमा ३ खर्ब ८९ अर्ब ३३ करोड ५० लाख र घरजग्गामा २ खर्ब ४८ अर्ब ९७ करोड १० लाख रूपैयाँ गरी कुल छ खर्ब ३८ अर्ब रूपैयाँ कर्जा प्रवाह गरेका छन् । राष्ट्र बैंकले २ करोड रूपैयाँसम्मको कर्जालाई व्यक्तिगत आवास कर्जा शीर्षकमा राखेको छ ।

व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह भएको कुल कर्जा रकम गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७ अर्ब ८८ करोड ६० लाख रूपैयाँले बढी हो । २०८० वैशाख मसान्तसम्म बैंक तथा वित्तीय संस्थाहरूले व्यक्तिगत आवासतर्फ ३ खर्ब ४७ अर्ब ८८ करोड ८० लाख रूपैयाँ र घरजग्गातर्फ २ खर्ब ४२ अर्ब ५३ करोड २० लाख रूपैयाँ गरी कुल ५ खर्ब ९० अर्ब ४२ करोड रूपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसबेला बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह ४८ खर्ब ७४ अर्ब ९२ करोड रूपैयाँ थियो ।

गत वैशाख मसान्तसम्म वाणिज्य बैंकहरूले व्यक्तिगत आवास र रियलस्टेट क्षेत्रमा कुल ५ खर्ब २५ अर्ब ८४ करोड २० लाख रूपैयाँ कर्जा प्र्रवाह गरेका छन् । जसमध्ये व्यक्तिगत आवास शीर्षकमा ३ खर्ब १२ अर्ब ६३ करोड ७० लाख रूपैयाँ र घरजग्गामा २ खर्ब ५१ अर्ब ६४ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

बैंक तथा वित्तीय संस्थाहरूले २०८१ वैशाख मसान्तसम्म व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह गरेको ५ खर्ब २५ अर्ब रूपैयाँ कर्जा एक वर्षअघिको तुलनामा ३३ अर्ब ४२ करोड ८० लाख रूपैयाँले बढी हो । २०८० वैशाखसम्म बैंक तथा वित्तीय संस्थाले व्यक्तिगत आवास शीर्षकमा २ खर्ब ८१ अर्ब १५ करोड ९० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा २ खर्ब ११ अर्ब २५ करोड ५० लाख रूपैयाँ गरी कुल ४ खर्ब ९२ अर्ब ४१ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार वाणिज्य बैंकहरूले यस आर्थिक वर्षको वैशाख महिनासम्म ४५ खर्ब ११ अर्ब १० करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि २०८० वैशाखसम्म ४३ खर्ब २० अर्ब २१ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

विकास बैंकहरूले गत वैशाखसम्म व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा कुल ८९ अर्ब २१ करोड रूपैयाँ कर्जा प्रवाह गरेका छन् । विकास बैंकहरूले व्यक्तिगत आवासतर्फ ६४ अर्ब ४ करोड ६० लाख रूपैयाँ र घरजग्गातर्फ २५ अर्ब १६ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । गत वैशाखसम्म विकास बैंकहरूले प्रवाह गरेको कुल कर्जा ४ खर्ब ९६ अर्ब ५४ करोड ३० लाख रूपैयाँ छ । विकास बैंकहरूले गत वैशाखसम्म व्यक्तिगत आवास र घरजग्गा क्षेत्रमा प्रवाह गरेको कर्जा एक वर्षअघिको तुलनामा १२ अर्ब ७२ करोड ३० लाख रूपैयाँले बढी हो । गतवर्ष २०८० वैशाखसम्म विकास बैंकहरूले ४ खर्ब ६२ अर्ब ९ करोड ५० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । त्यसमध्ये व्यक्तिगत आवास शीर्षकमा ५५ अर्ब २८ करोड ३० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा २१ अर्ब २० करोड ४० लाख रूपैयाँ गरी कुल ७६ अर्ब ४८ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए ।

त्यस्तै, राष्ट्र बैंकका अनुसार फाइनान्स कम्पनीहरूले गत वैशाखसम्म ९८ अर्ब ६५ करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् । यसमध्ये व्यक्तिगत आवासमा १२ अर्ब ६५ करोड २० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा १० अर्ब ६० करोड २० लाख रूपैयाँ गरी २३ अर्ब २५ करोड ४० लाख रूपैयाँ कर्जा प्रवाह गरेका छन् ।

एक वर्षअघिको तुलनामा फाइनान्स कम्पनीहरूले अहिले १ अर्ब ७३ करोड ६० लाख रूपैयाँ बढी कर्जा प्रवाह गरेका छन् । एक वर्षअघि २०८० वैशाखसम्म फाइनान्स कम्पनीहरूले ९२ अर्ब ६० करोड ७० लाख रूपैयाँ कर्जा प्रवाह गरेका थिए । यसमध्ये व्यक्तिगत आवासमा ११ अर्ब ४४ करोड ५० लाख रूपैयाँ र घरजग्गा क्षेत्रमा १० अर्ब ७ करोड ३० लाख रूपैयाँ गरी कुल २१ अर्ब ५१ करोड ८० लाख रूपैयाँ कर्जा प्रवाह गरेको छन् ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार