१९ सयले महँगियो सुन

काठमाडौं । शुक्रबार सुन र चाँदीको मूल्य बढेको छ। आज छापावाल सुन तोलमा १९ सय रुपैयाँले मँहगिएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका शुक्रबार छापावाल सुन प्रति तोला १ लाख ४४ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ। यस्तै तेजावी सुन प्रति तोला १ लाख ४४ हजार रुपैयाँमा कारोबार भएको छ।

साथै आज चाँदीको मूल्य पनि बढेको छ। बिहीबार प्रति तोला १ हजार ८४० रुपैयाँ कारोबार भएको चाँदीको मूल्य २५ रुपैयाँले बढेको छ। शुक्रबार चाँदी प्रति तोला १ हजार ८६५ रुपैयाँमा कारोबार भइरहेको छ।

Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार