CLI

ललितपुरको नापी कार्यालयको सेवा प्रवाहलाई डिजिटल प्रविधिसँग जोड्न मन्त्रीको निर्देशन

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले शुुक्रवार नापी कार्यालय ललितपुरको निरीक्षण गदैं सेवा प्रवाहलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन्।

मन्त्रालय मातहत रहेका कार्यालयहरुको स्तरउन्नती, पुर्वाधारको अवस्था, कर्मचारीको कार्यसम्पादन र सेवाग्राहीसंग संवाद गर्ने उद्देश्यले मन्त्री अधिकारी सुक्रवार दिँउसो नापी कार्यालय ललीतपुरको लगनखेलस्थीत कार्यालय पुगेका हुन्।

कार्यालय प्रमुख, कर्मचारीहरु र सेवाग्राहीसंग छलफल गदैं मन्त्री अधिकारीले सेवा प्रवाहलाई डिजिटल प्रविधिसंग जोड्न, कार्यालयबाट प्रवाह हुने सेवा सुबिधा छिटो छरितो तथा प्रभावकारी बनाउन, प्रचलित ऐन कानुनको परिधिभित्र रहेर कार्यसम्पादन गर्न र उपलब्ध स्रोत साधन र जनशक्तिको अधिक्तम प्रयोग गर्न निर्देशन दिए। कार्यालयमा रहेका अभिलेखहरुको संरक्षण गर्नु कर्मचारीहरुको दायित्व रहेको मन्त्री अधिकारीको भनाई छ ।

Leave Your Comment

Related News