उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन रक्षा मन्त्रीको सेनालाई निर्देशन

काठमाडौं । रक्षा मन्त्री हरिप्रसाद उप्रेतीले नारायणहिटीस्थित उपत्यका पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका छन्। मन्त्री उप्रेतीले असार ७ गते पृतना हेडक्वाटरको निरीक्षण भ्रमण गरेका हुन्। उनलाई पृतना हातामा प्रधान सेनापति महारथी प्रभुराम शर्माले स्वागत गरेका थिए।

रक्षा मन्त्रीलाई पृतनापति, उपरथी विष्णु राउतले पृतनाको जिम्मेवारी लगायत विविध गतिविधिबारे जानकारी गराएका थिए। त्यस अवसरमा रक्षा मन्त्री उप्रेतीले पृतना हाताको निरीक्षण गर्नुका साथै पृतना अन्तर्गतका युनिटहरुले तयार गरेको विभिन्न प्रकारका अपरेसनल गतिविधि समेटिएका अभ्यासहरूको अवलोकन गरेका थिए। सो अवसरमा उनले सकलदर्जालाई सम्बोधन गर्दै नेपाली सेनाले देश तथा जनताको सेवामा पुर्याएको योगदानको प्रशंसा गर्दै उच्च मनोबलका साथ अविचलित रूपमा समर्पित रहन निर्देशन दिए।

कार्यक्रममा रक्षा सचिव किरणराज शर्मा, नेपाली सेनाका रथीवृन्द, रक्षा मन्त्रालयका पदाधिकारीहरू लगायत सकलदर्जाको उपस्थिति थियो ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार